- Advertisement -spot_img
Friday, May 7, 2021
Homeफिचरकाँग्रेसको शान्तिनगरमा चुनावी भेटघाट र नेकपाको घरदैलो

काँग्रेसको शान्तिनगरमा चुनावी भेटघाट र नेकपाको घरदैलो

- Advertisement -spot_img


तुलसीपुर, २५ कार्तिक । नेपाली काँग्रेस दाङले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि आइतबार शान्तिनगर गाउँपालिका वडा नं.४ मा चुनावी भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रम नेपाली काँग्रेस शान्तिनगर गाउँपालिका वडा नं ४ का अध्यक्ष चेतबहादुर डाँगीको अध्यक्षतामा भएको हो ।
वडा नं ४ को एकली र जुम्लेकुलामा भएको भेटघाट कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरीले दुई तिहाईको सरकार अब केही समयमै छिन्नभिन्न हुन लागेको बताए । नेता गिरीले भने ‘जनतालाई ठूलो सपना देखाएर भोट माग्ने तर सरकारमा गैसकेपछि नातागोता र कार्यकर्तालाई मात्रै भरणपोषण गर्ने नियत अब नेपाली जनताले राम्रोसँग बुझिसकेका छन् ।’
उक्त अवसरमा नेता गिरीले काँग्रेसका पालामा पश्चिम दाङको सिंचाई, बाटो, नहर, पुलपुलेसा र समग्रमा विकासको बहार ल्याएको दाबी गर्दै विकास निर्माणका कार्य जनताको जीवनस्तरमा परिवर्तनको अनुभूति गराउन नेपाली काँग्रेसले जित्नैपर्ने धारणा राखे ।
उक्त अवसरमा बोल्दै निर्वाचन क्षेत्र नं ३ ‘ख’ का काँग्रेस उम्मेदवार केशव आचार्यले आफू लामो राजनीतिक यात्रापछि अब केही गर्नसक्ने स्थानमा पुग्न लागेको भन्दै सहयोग गर्नु सबैमा आह्वान गरे । उनले भने ‘म कुराभन्दा काम गरेर देखाउन आतुर छु मलाई नेपाली काँग्रेस मात्रै हैन अन्य ठूला र साना पार्टीका मतदाताहरु पनि सहयोग गर्न र भोट दिन आतुर हुनुहुन्छ ।’

नेपाली काँग्रेसका जिल्ला सभापति किर्तीबहादुर खड्का, पूर्व सभापति घनश्याम रेग्मी, क्षेत्रीय सभापति जगत बहादुर खड्का, महासमिति सदस्य खिमप्रसाद खराललगायतले भ्रष्टाचारको र देशको समृद्धिका लागि नेपाली काँग्रेस महत्वपूर्ण पार्टी रहेको बताएका छन् ।
सरकारमा नेपाली काँग्रेस नभएकै कारण विभिन्न बहानामा कर बढेको भन्दै उनीहरूले अबको सरकार नेपाली काँग्रेसको नेतृत्वमा सञ्चालन हुन आवश्यक रहेको बताए । गएको निर्वाचनमा जनताले नेपाली काँग्रेसलाई विश्वास नगर्दा अहिले पछुताउने अवस्था आईपुगेकाले अबको चुनावमा काँग्रेसलाई नै मत दिनुपर्ने उनीहरूको भनाइ छ ।
करको बृद्धि, भ्रष्टाचारको बृद्धि र गलत गतिविधिका कारण कम्युनिष्ट सरकारबाट जनता सन्तुष्ट नभएको भन्दै उनीहरूले अबको देश निर्माणको प्रमुख जिम्मेवारी नेपाली काँग्रेसको भएको बताएका थिए ।
विगतदेखि वर्तमानसम्म पार्टी देशकै पक्षमा काम गर्दै आईरहेको बताउँदै उनीहरूले अबको चुनावमा नेपाली जनताले नेपाली काँग्रेसलाई अत्याधिक मत दिएर विजयी बनाउन आग्रहसमेत गरेका छन् ।
उक्त अवसरमा दाङ काँग्रेसका सबै नेता, नेविसंघ, तरुण दल, प्रेस युनियनलगायत दर्जन बढी भातृ संगठनका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन युवा तथा स्थानीय किसानहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई केन्द्रीय सदस्य गिरीले टीका अबिर लगाएर स्वागत गरेका थिए । इकाई सभापति चेतबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव चुडामणि ढकालले गरेका थिए ।

नेकपाको घरदैलो

तुलसीपुर, २५ कार्तिक । क्षेत्र नम्वर ३ (ख) अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला ओलीले आइतबार दंगीशरण गाउँपालिकाको विभिन्न वडामा आफ्नो चुनावी प्रचार प्रसारेगरेकी छन् ।उनले गाउँपालिकाको वडा नम्वर १ को सरूवाडाँडा, वडा नम्वर २ को बाँकी, वडा नम्वर ४ को मौली, वडा नम्वर ५ को सलौरामा चुनावी सभा गरेकी हुन् ।

 
चुनावी सभाको क्रममा वडा नम्वर १ सरूवाडाँडामा करिव दुई दर्जन बढी नेपाली काँग्रेसका कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका थिए ।उम्मेदवार ओलीसँगै नेकपाका केन्द्रीय सदस्य इन्द्रजीत थारू, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य धमकली चौधरी, नेताहरू चूर्ण वली, शोभाराम बस्नेतलगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here