- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरलमहीमा जेसिज सप्ताह

लमहीमा जेसिज सप्ताह

- Advertisement -spot_img

देउखुरी, २५ कार्तिक । लमही जेसिजको जेसिज सप्ताह २०१९ को प्रभातफेरी तथा उद्घाटन कार्यक्रम आइतबार लमहीमा भएको छ । लमही जेसिजका अध्यक्ष शिवशंकर गुप्ताको सभापतित्व एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा जेसिज सप्ताह कार्यक्रमको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसील उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख केसीले नेपाल जेसिजले युवाहरूलाई संगठन गरी अनुशासन र मर्यादित रूपमा विभिन्न सकारात्मक काम गर्दै आएको बताउँदै, युवा शक्तिलाई डो¥याउने पहिलो संस्था नेपाल जेसिज रहेको बताएका छन् ।
कार्यक्रममा नगर प्रमुख केसीले नेपाल जेसिजले निर्वाह गर्नुपर्ने भूमिका सकारात्मक पक्षबाट निभाएको भन्दै, समाजलाई सकारात्मक दिशातर्फ लैजान लमही जेसिजको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विमबहादुर केसी, नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारी, लमही जेसिजका पूर्व अध्यक्ष उमाकान्त चौधरी, लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डन्डिराम चौधरी, त्रिभुवन नगर जेसिज घोराहीका अध्यक्ष बसन्तराज अधिकारी, पत्रकार केपि घिमिरेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
जेसिज सप्ताह कार्यक्रमको बारेमा सप्ताह निर्देशक सपना पाण्डेले जानकारी गराएकी थिइन । सोमवार गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावासमा भिजिट नेपाल २०२० प्रवद्र्धन कार्यक्रम रहेको छ । कार्यक्रमको सहजीकरण फणाधर ढकालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here