- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरनिबन्ध प्रतियोगिता

निबन्ध प्रतियोगिता

- Advertisement -spot_img

हापुरे, २५ कार्तिक । बबई गाउँपालिका शिक्षा शाखाको आयोजनामा माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता भएको छ । प्रतियोगितामा बबई गाउँपालिका वडा नम्बर ४ मा रहको पिपुल्स ल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुलकी छात्रा वन्दना वली प्रथम, जनकल्याण माध्यमिक विद्यालय पदमपुरका छात्रा पूजा शर्मा द्वितीय र सोही विद्यालयका छात्र बसन्त शर्माले तृतीय स्थान प्राप्त गरे ।
त्यसैगरी पुरन्धारा एकेडेमीका छात्रा सामना सुनारले सान्त्वना भइन् । शिक्षा शाखाका संयोजक मोहनलाल दाहालको अध्यक्षता तथा बबई गाउँपालिका सामाजिक विकास समितिका संयोजक टेकबहादुर वलीको प्रमुख आतिथ्यतामा निबन्ध लेखन प्रतियोगिता भएको हो । ‘जीवन उपयोगी शिक्षा आजको आवश्यकता’ शीर्षकमा निबन्ध लेखन प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा प्रथमलाई नगद पाँच हजार, द्वितीय स्थान हासिल गर्नेलाई चार हजार, तृतीय स्थान हासिल गर्नेलाई तीन हजार र सान्त्वना प्राप्त गर्नेलाई दुई हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका सहसंयोजक जीतबहादुर केसीले गरेका थिए । कार्यक्रममा बबई गाउँपालिकामा संस्थागत र सामुदायिक विद्यालयका १६ जना छात्रछात्राको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here