- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरपूर्ण सरसफाई अभियान सुरू

पूर्ण सरसफाई अभियान सुरू

- Advertisement -spot_img

घोराही, २५ कार्तिक । घोराही उपमहानगरपालिकाले पूर्ण सरसफाई अभियान सुरू गरेको छ । वडा नम्बर १ मा वडास्तरीय सरसफाई स्वच्छता समन्वय समिति गठन गर्दै पूर्ण सरसफाई अभियानको सुरूवात गरेको हो । १९ वटै वडामा सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गरी उपमहानगरको वातावरण तथा सरसफाई व्यवस्थापन समितिले अभियानको सुरूवात गरेको हो ।
समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानको सुरूवात गर्दै नगर प्रमुख नरूलाल चौधरीले सरसफाई नै समृद्धिको आधार भएको बताए ।
सरसफाईको कमि कै कारण मानवीय स्वस्थ्य र वातावरण कमजोर हुँदा त्यसले विकाससँगै समृद्धिमा बाधा पु¥याउने उल्लेख गरे । व्यक्तिगतदेखि सामाजिक सफाईको आवश्यक रहेको भन्दै सामाजिक जागरणका रूपमा नगरलाई स्वच्छ र हराभरा बनाउने जानकारी दिए ।
त्यसैगरी, उपप्रमुख सीता सिग्देल न्यौपानेले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा विभिन्नखाले रोगको संक्रमण फैलिने बताइन् । व्यक्तिको स्वास्थ्य ठिक भए मात्रै समृद्धि हासिल गर्न सकिने धारणा राख्दै उनले नगरलाई पूर्णसरसफाईयुक्त बनाउन लागिएको जानकारी दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here