- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरसिकाइ उपलब्धि कमजोर

सिकाइ उपलब्धि कमजोर

- Advertisement -spot_img

तुलसीपुर असर टेष्ट …
तुलसीपुर, २४ कार्तिक । तुलसीपुर उपमहानगरपालिकामा शिक्षण सिकाइ उपलब्धि कमजोर देखिएको छ । नगर क्षेत्रका विद्यालय र विद्यार्थीमा गरेको एक अध्ययनले कमजोर अवस्था देखिएको हो ।
टिचफर नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक १ सय ३९ विद्यालयमा शिक्षाको गुणस्तर कमजोर देखिएको हो । उपमहानगरपालिकाको समन्वय र टिचफर नेपालले उपमहानगरपालिकाका १९ वटै वडामा रहेका दुबै (संस्थागत र सामुदायिक) विद्यालयमा भदौ १ देखि ३१ गतेसम्म कक्षा १ देखि ८ सम्मका बालबालिकामा विद्यार्थीमा सिकाइको अवस्थाबारे गुणस्तर मापन गरेको थियो ।
तुलसीपुरमा रहेका सामुदायिक र संस्थागत विद्यालयका करिब २८ हजार ६६ बालबालिकामा गरिएको सर्वेक्षणमा अधिकांश बालबालिकाको सिकाइ उपलब्धि कमजोर देखिएको टिचफर नेपालका अध्यक्ष शिशिर खनालले जानकारी दिए ।
‘उपमहानगरपालिकामा रहेका संस्थागत र सामुदायिक विद्यालयमा ५ देखि १५ वर्षसम्मका बालबालिकामा शैक्षिक सिकाइ उपलब्धि केही फरक छैन्’, उनले भने– ‘सामुदायिक विद्यालयमा सानो कक्षामा नै शिक्षण सिकाइ उपलब्धि कमजोर देखिन्छ,
संस्थागत विद्यालयमा सिकाइ उपलब्धि माथिल्लो कक्षामा कमजोर देखिन्छ, सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा औसतमा बराबर छ, संस्थागत र सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कमजोर नै छ ।’
कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने बालबालिकामा ६ वटा मापदण्ड बनाएर सिकाइ उपलब्धि जाँच गरेको थियो । बालबालिकाले अंक, अक्षर, शब्द, वाक्य, कथा पढ्ने अवस्था र कथा पढेर उत्तर दिने अवस्थाको बारेमा मापन गरेका हो ।
छवटै मापदण्डमा औसतमा निकै कम विद्यार्थी पास भएको देखिएको छ । तथ्याङ्क अनुसार ८९ प्रतिशत विद्यार्थी फेल देखिएका छन् भने ११ प्रतिशत विद्यार्थीमात्र पास भएको देखिएको छ ।
उपमहानगरपालिकाको बजार क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रका विद्यालयमा सिकाइ उपलब्धि अझ कमजोर रहेकोे सार्वजनिक तथ्याङ्कमा छ । तथ्याङ्कअनुसार नेपाली विषयमा सामुदायिक र निजी विद्यालयमा सिकाइ उपलब्धि बराबर रहेको देखिएको छ ।
त्यस्तै अंग्रेजी र गणितमा निजी विद्यालयमा केही राम्रो देखिए पनि सामुदायिक विद्यालयमा कमजोर रहेको छ । ‘शिक्षण सिकाइ उपलब्धि बजारका विद्यालयमा पनि सन्तोष हुने अवस्था छैन् भने ग्रामीणमा झनै चिन्ताजनक रहेको छ’, खनालले भने– ‘शैक्षिक गुणस्तरमा देखिएको यस्तो अवस्थालाई सुधार गर्नुपर्ने देखिएको छ ।’


सरकारी कर्मचारीका छोराछोरी निजीमा

तुलसीपुर उपमहानगरमा रहेका अधिकांश सरकारी कर्मचारीले संस्थागत विद्यालयमा छोराछोरी पढाउने गरेका छन् । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार उपमहानगरपालिकाका ९३ प्रतिशत सरकारी कर्मचारीले आफ्ना बालबालिका निजी विद्यालयमा पढाउने गरेको देखिएको छ ।
सरकारी तलब लिने कर्मचारीका बालबालिका अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने उपमहानगरपालिकाको नीति नीति भएपनि अधिकांश सरकारी कर्मचारीले संस्थागत विद्यालयमा बालबालिका पढाउने गराउने गरेका छन् ।
उपमहानगरपालिकामा सरकारी तलब खाने ११ प्रतिशतले मात्रै आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउने गरेका छन् । किसानका छोराछोरी भने संस्थागत र सामुदायिक विद्यालयमा बराबर देखिएको छन् ।
उपमहानगरपालिकाका ५० प्रतिशत किसानले सरकारी विद्यालयमा छोराछोरी पढाउने गरेका छन् भने ५० प्रतिशत किसानले संस्थागत विद्यालयमा पढाउने गरेका छन् ।

पिटिन्छन् विद्यार्थी

बालबालिकालाई अध्यापन गराउँदा पिट्न नपाइने भएपनि तुलसीपुर उपमहानगरपालिका अधिकांश विद्यालयमा शिक्षक शिक्षिकाले विद्यार्थीलाई पिटेरै अध्यापन गराउने गरेको छन् । उपमहागनर भित्रका सामुदायिक र संस्थागत दुबै विद्यालयमा बालबालिकालाई पिटेरै अध्यापन गराउने गरेको प्रतिवेदन सार्वजनिक भएको हो ।
प्रतिवदेन अनुसार सरकारीभन्दा निजी विद्यालयमा बालबालिकालाई पिटेर अध्यापन गराउने गरिएको पाइएको छ । सरकारी विद्यालयमा ५३ प्रतिशत बालबालिकाले पिटाइ खाने गरेका छन् भने संस्थागत विद्यालयमा ६८ प्रतिशत बालबालिकाले पिटाइ खाने गरेको पाइएको छ ।


इन्टरनेट पहुँचमा बालबालिका

तुलसीपुर उपमहानगरमा १४ प्रतिशत बालबालिका इन्टनेटको पहुँचमा रहेको देखिएको छ । उपमहानगरपालिकाको बजार क्षेत्रका अधिकांश बालबालिका इन्टरनेटको पहुँचमा रहेको प्रतिवदेन सार्वजनिक भएको हो । तुलसीपुरका संस्थागत र सामुदायिक विद्यालयमा बालबालिकालाई अभिभावक गर्ने निगरानी, घरमा टिभी तथा इन्टरनेट हुँदा देखिने सकारात्मक र नकारात्मक परिवर्तन, बालबालिकाले मोवाइल चलाउँदा पार्ने असरलगायत कुराहरूमा पनि सर्वेक्षण गरिएको थियो ।
बालबालिकाले इन्टरनेटबाट पनि विभिन्न जानकारीमूलक सामग्रीहरू पढ्ने गरेको पाइएको छ । इन्टरनेट बहुउपयोगी भएपनि बालबालिकामा विभिन्न नकारात्मक कुराहरू इन्टरनेटबाट सिक्न सक्ने भन्दै अभिभावकले बालबालबालिकाको निगरानी गर्नुपर्ने देखिएको छ ।

छैन बाहिरी ज्ञान

तुलसीपुरका सरकारी तथा निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकामा विद्यालयको कोर्षबाहेक बाहिरी ज्ञानमा कमी देखिएको छ । बालबालिकाले विद्यालयमा पढ्ने किताबबाहेक अन्य बाहिरी ज्ञानमा चासो कम दिने गरेका छन् ।
उपमहानगरका संस्थागत र सामुदायिक विद्यालयमा गरी ३३ प्रतिशत बालबालबालिकाले मात्र कोर्षभन्दा बाहिरका किताब पढ्ने गरेका छन् । तुलसीपुरका संस्थागत र सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने अधिकांश बालबालबालिकाले बाहिरी किताब नपढ्ने गरेकोे प्रतिवदेन सार्वजनिक भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here