- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरउपनिर्वाचनका लागि सञ्चार समन्वय समिति

उपनिर्वाचनका लागि सञ्चार समन्वय समिति

- Advertisement -spot_img

तुलसीपुर, २३ कार्तिक । आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि नेपाल प्रेस युनियन दाङको भेला तुलसीपुरमा भएको छ । शनिबार भएको भेलाले उपनिर्वाचनमा आफू निकट नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउनका लागि सन्तोष सुवेदीको संयोजकत्वमा सञ्चार समन्वय समिति गठन गरेको छ भने विभिन्न व्यक्तिहरूको संयोजकत्वमा सञ्चार समन्वय उपसमितिसमेत गठन गरेको छ ।
संस्थाका अध्यक्ष सुवेदीको अध्यक्षतामा बसेको भेलाले आउदो उपनिर्वाचनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूलाई परिचालन गर्ने निर्णयसहित सञ्चार समन्वय समिति र सञ्चार समन्वय उपसमिति गठन गरेको हो ।
उक्त छलफलमा युनियन दाङले नेपाली काँग्रेसको तर्फबाट प्रदेश ३ (ख) का उम्मेदवार केशवराज आचार्य र घोराही उपमहानगरपालिका वडा नं १६ का ताराबहादुर डिसीलाई विजयी बनाउनका लागि समिति र उपसमितिमार्फत सञ्चारकर्मीलाई परिचालन गराउने निर्णय गरेको छ ।
भेलाले प्रदेश ३ (ख) मा उम्मेदवारलाई विजयी बनाउनका लागि प्रेस युनियन दाङका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा ३८ सदस्यीय सञ्चार समन्वय उपसमितिसमेत गठन गरेको छ ।
जसको सदस्यहरूमा सुवास डिसी, शर्मिला डिसी, देविराम कुसारी, बिमल गौतम, चेतन रेग्मी, बालाराम खड्का, लक्ष्मण बस्नेत, खेमराज रिजाल, शिवराज बस्नेत, प्रेम पुन, ध्रुवराज न्यौपाने, सन्तोष केसी, प्रकाश डाँगी, यमकला भुसाल, उमा भण्डारी, जीतसागर जिएम, रेखा शर्मा, देवा भण्डारी, सञ्जिता देवकोटा, सुशीला घर्ति, अञ्जना चौधरी, निता चौधरी, सरिता चौधरी, हेम प्रकाश वली, शरद शर्मा मजगैयाँ, राजेश खत्री, सनोद थापा रहेका छन् ।
यस्तै शरद रेग्मी, सन्तोष शर्मा, जयन्ती चौधरी, निरला अर्याल, आशिष केसी, अनिता पुन, श्रीराम चौधरी, निरास पाण्डे, नवराज घिमिरे, पूर्ण केसी मुस्कान र शिव पुन रहेका छन् । त्यसैगरी घोराही उपमहानगरपालिका–१६ का लागि प्रेस युनियनका सचिव आरके सितलको संयोजकत्वमा २५ सदस्सीय सञ्चार समन्वय उपसमिति गठन गरिएको छ ।
जसको सदस्यमा देव यादव, सपना बोहरा, अमर क्षितिज भण्डारी, देवेन्द्र बस्नेत, रोशनमान श्रेष्ठ, हेमराज शर्मा, लिलाधर वली रहेका छन् । यस्तै सुशीला वली, अमरराज आचार्य, छवी पुरी, पिताम्वर रिजाल, खड्क शर्मा, अमिता चौधरी, लक्ष्मीमान चौधरी, सविता चौधरी, शिवराज खनाल, टेक बहादुर पुन, किरणविक्रम शाह, प्रियास्मृति गजमेर, दुखहरण यादव, बसुन्धरा गौतम, पार्वती बस्नेत, जनक वली र विष्णुकुमार देवकोटा, सपना पौडेल रहेका छन् ।
सामुदायिक रेडियो प्रसारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, युनियनका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, युनियनका सल्लाहकार सुशील बस्नेत, गोपाल शर्मा भट्टराईको विशेष उपस्थितिमा युनियनका पूर्वअध्यक्ष, सल्लाहकार, युनियन कार्यसमिति सदस्य,
साधारण सदस्य, सञ्चार संस्थाका प्रमुख र सम्पादक वा संस्थाले तोकेको फोकलपर्सनसमेत रहने गरी समिति एवं उपसमिति गठन गरिएको हो । उक्त भेलाको सहजीकरण नेपाल प्रेस युनियन दाङका सचिव आरके सितलले गरेका थिए ।
महिला र शिक्षकसँग काँग्रेसको छलफल
नेपाली काँग्रेस दाङले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि विभिन्न व्यक्तिहरूसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरेको छ । पार्टीले शनिबार जिल्लामा रहेका महिला संघ र नेपाल शिक्षक संघबीच छलफल एवं अन्तरक्रिया कार्यक्रम गरेको हो । उपनिर्वाचनलाई प्रभावकारी बनाउन र नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउनका लागि विभिन्न व्यक्तिहरूसँग छलफल एवं भेटघाट गरेको नेपाली काँग्रेस दाङका क्षेत्रीय सभापति खुमबहादुर वलीले बताए ।
अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ३ (ख) का केशवराज आचार्य र घोराही उपमहानगरपालिका–१६ का उम्मेदवार ताराबहादुर डिसीलाई बिजयी बनाउनका लागि नेपाली काँग्रेसकी नेतृ गोमा न्यौपानेको संयोजकत्वमा ५ सय ३ सदस्यीय महिला प्रचार उपसमिति गठन गरिएको छ । पार्टीले निर्वाचन तालिका अनुसार आइतबारदेखि विभिन्न भेटघाट तथा छलफल कार्यक्रमहरू सञ्चालन गर्ने सभापति वलीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here