Tuesday, March 26, 2024
Homeसम्पादकीयपानी उपयोगिता खोजिदै

पानी उपयोगिता खोजिदै

- Advertisement -spot_img

पानीको मानव जीवनमा आफ्नै महत्व रहेको छ । पानी नै सर्वश्रेष्ठ हो । यसलाई सहीरूपमा उपयोग गर्नसकेमा उपयोगिताको खानी नै हो । यसलाई सहीरूपमा उपयोग गर्न सकिएन भने पानी त्यतिकै खेर जाने हुन्छ । त्यसकारण पनि पानीलाई उपयोगी बनाउन सबै लाग्नु आवश्यक छ । अहिले पानीको स्रोतहरू सुक्दै गएका छन् ।
यो अवस्था सुधार गर्न राज्यका निकाय र पानी सरोकारवालाहरू लागिरहेका छन्, विभिन्न तरिकाले यसप्रति निकायहरू जिम्मेवार बन्नुपर्छ । भूमिगत पानी र मूल पानीको स्रोतहरूको संरक्षण अहिलेको आवश्यकता हो । त्यो आवश्यकताको परिपूर्तिका लागि दाङमा केही योजनाहरू पनि सार्वजनिक भएका छन् । ती योजनाहरूलाई सफल बनाउन सरोकारवालाहरू लाग्नुपर्छ ।
रोल्पाको माडी, राप्ती, बबईलगायतका खोला तथा नालाहरूलाई उपयोग गर्ने गरी बन्न थालेका योजनाहरू सफल बनाउन सक्ने हो । भने वर्तमान पानीको समस्या समाधान हुनसक्छ ।
दाङको राप्ती नदीको पानीलाई उपयोगी बनाउने गरी बहुआयामिक बनाउने योजना अघि सारेको छ । मन्त्रालयस्तरबाट नै आएको यो योजनाको बारेमा सरोकारवालाहरूबीच अन्तरक्रियासमेत गरिएको छ । प्रारम्भिक सर्वे र प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ । यसले पनि वर्तमान पानीको समस्या समाधान गर्ने उपाय खोजिदै छ । भन्ने पुष्टिसमेत गर्नेछ ।
विद्युत र सिंचाईको लागि बढी प्राथमितामा राखेर अध्ययन प्रतिवेदन सार्वजनिक हुनुले योजना पूरा हुने कुरामा विश्वस्त बन्नसकेमा सिंचाई र पानीको समास्या टर्ने छ । राप्तीको पानीलाई उपयोग गरेर २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने सम्भावना देखाइएको छ । अहिले पनि पानी खेर गएको छ ।
दाङमा पानीको समस्या बढी नै छ । यहाँका खोला, नदीनाला, मुहानहरू दैनिक कम हुँदै आएका छन् । विभिन्न कारणले पानीको संकट पनि बढिरहेको छ । दाङलाई प्राथमिकतामा राखेर पनि अहिले बृहत दाङ, राप्ती नदी पड्कापथलगायतका योजनाले निरन्तरता पाइरहेको छन् । तुलसीपुर क्षेत्रको लागि साना–ठूला बाँधहरू निर्माण गरेर पानीको स्रोत बढाउने अभियान पनि सञ्चालन भइरहेको छ ।
तुलसीपुर खानेपानीको पहलमा पातुखोलामा हाइड्यामको निर्माणको योजनाले पनि पानीको स्रोत बचाउन लागेको देखिन्छ । प्रदेश सरकारले विभिन्न खोलाहरूमा ड्याम निर्माणको योजना अघि सारिएको छ ।
भने घोराही उपमहानगरले पानीको स्रोत बढाउन विभिन्न स्थानमा पानी पोखरीसमेत निर्माण गरिरहेको छ । यो अवस्थाले पनि पानी संरक्षणमा निकायहरू लागेका छन् र पानीको महत्व बुझिरहेको देखाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here