- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरकाँग्रेसको मूल समिति गठन

काँग्रेसको मूल समिति गठन

- Advertisement -spot_img

श्रीगाउँ, २३ कार्तिक । मंसिर १४ गते हुन लागेको दाङ क्षेत्र नम्वर ३ (२) प्रदेश सभाको उपनिर्वाचनका लागि चुनावी माहौल तातिएको छ । ठूला चाडपर्वको समापन र कार्तिक २० गते मनोनयन दर्ता गरेका दल र स्वतन्त्र उम्मेदवारहरू चुनावी माहौलमा उत्रिएका हुन । उपनिर्वाचनमा १२ वटा पार्टी र दुईवटा स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् ।
यसैबीच कडा प्रतिस्पर्धामा रहेका नेकपा र नेपाली काँग्रेसले चुनावी माहौललाई झनै तताएका छन् । नेपाली काँग्रेस दाङ क्षेत्र नम्वर ३(२)को आयोजनामा शुक्रबार श्रीगाउँको चुनावी भेला गरेको छ ।
भेलाले प्रदेशसभा सदस्यका उम्मेदवार केशव आचार्यलाई निर्वाचित गराउन ५ सय १ सदस्यीय प्रचारप्रसार मूलसमिति गठन गरेको सचिव चुडामणि ढकालले जानकारी दिए ।
क्षेत्र नम्वर ३ (२)का सभापति खिमबहादुर वलीको संयोजकत्वमा क्षेत्र नम्वर ३ (२) अन्तर्गत दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १, २, १० र ११ नम्वर नेपाली काँग्रेस इकाई सभापति, वडा कमिटी, महासमिति, महाधिवेशन प्रतिनिधि, नेपाल तरूण दल, नेविसंघ, महिला संघ, नेपाल प्रेस युनियन, शिक्षक, दलित, महिला, अपाङ्गलगायत सम्पूर्ण भातृ तथा शुभेच्छुक संघ संस्थाहरूको प्रतिनिधित्व हुने गरी ५ सय १ सदस्यीय प्रचार प्रसार मूलसमिति गठन गरेको हो ।
त्यसअवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरीले अब कुनै पनि बहानामा वा प्रतिशोधमा नभई लोकतान्त्रिक प्रणालीको रक्षाका लागि चुनावी मैदानमा उत्रन सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारबाट निराश भएका नागरिकलाई काँग्रेसको पक्षमा ल्याउनुपर्ने सुझाब दिए ।
प्रदेशसभा सदस्यका उम्मेदवार केशव आचार्यले चुनावी मैदानमा उत्रन आह्वान गर्दै रातलाई रात र दिनलाई दिन नभनिकन नागरिकको घरदैलोमा पुग्ने प्रतिबद्धता जनाए ।
नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष सुशील बस्नेत, उपाध्यक्ष नारायण खड्का, नेपाली काँग्रेस दाङका सदस्य देवा डाँगी, नेपाल तरूण दलका मुक्तिप्रसाद न्यौपाने, नेविसंघका नवीन योगी, झमलाल परियार, जगदीश वली लगायतले आ–आफ्ना सुझाव दिएका थिए । सभापति खीमबहादुर वलीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिव चुडामणि ढकाल र गोविन्द घिमिरेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here