- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरपानी संकलन विधिले समस्या समाधान

पानी संकलन विधिले समस्या समाधान

- Advertisement -spot_img

तुुलसीपुर, २३ कार्तिक । तुलसीपुरको खानेपानीको व्यवस्थापनको लागि पानी संकलन विधि नै उत्तम रहेको यहाँका सरोकारवालाहरूले बताए छन् । तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी सचिवसहित गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
संस्थाका अध्यक्ष खेमराज वलीको अध्यक्षामा भएको कार्यक्रममा खानेपानी सचिव माधव बेल्बासेले पानीको स्रोत सुक्दै गएको र पानी संकट बढ्दै गएको हुदा पानी संकलन उत्तम विकल्प रहेको बताए । उनले तुलसीपुरको पानी समस्या व्यवस्थापनका लागि स्थानीय खोलाहरूमा ड्याम बनाएर पानी संकलन गर्न आवश्यक रहेको बताए ।
उनले तुलसीपुरमा ल्याइएको हाइड्यामको योजनाको लागि पहल गर्ने बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता सबैमा रहेको बताए । उनले समयअनुसार पूर्वाधार र योजना परिमार्जन गर्नसकेमा व्यवस्थापन गर्न पनि सहज हुने बताए ।
उनले पानीको व्यवस्थापनको लागि आफ्नो तर्फबाट भूमिका खेल्ने बताए । नेकपाका अध्यक्ष टिकाराम खडका, नेपाली काँग्रेसका सभापति कीर्तिबहादुर खड्काले खोलाको पानीलाई उचित रूपमा संकलन गरेर व्यवस्थापन गर्नुपर्ने बताए ।
जनघनत्व बढ्दै जाँदा पानीको समस्या बढिरहेको अवस्थामा यसको व्यवस्थापन आवश्यक रहेको बताए । तुलसीपुर उपमहानगरपालिकका नगर प्रमुख घनश्याम पाण्डेले पानीको समस्या समाधानका लागि नगर प्रतिबद्ध रहेको बताए । उनले सह–लगानीको वातावरण निर्माण गरी खानेपानीको समस्या टार्ने प्रयास आवश्यक रहेको बताए ।
यसैबीच बढ्दो खानेपानीको मागलाई व्यवस्थापन गर्न तुलसीपुरमा बृहत हाइड्याम निर्माण गर्ने तयारी गरिएको छ । तुलसीपुर खानेपानीको पहल तथा खानेपानी विभागको लागानीमा यहाँको पातुखोलामा हाइड्याम निर्माण गर्न लागिएको हो ।
प्रस्तावित ड्याम निर्माण स्थलको मन्त्रालयका सचिव तथा राजनीतिक नेतृत्वले अनुगमनसमेत गरेका छन् । तुलसीपुर खानेपानीले चार वर्षदेखि खानेपानीको दीर्घकालिन आपूर्ति व्यवस्थापनका लागि हाइड्याम्पको आवश्यकता औल्याउँदै पहल थालिरहेको छ ।
‘हामीले बर्षाैदेखि बोकेको सपना अब साकार हुने देखेका छौँ’ अध्यक्ष वलीले भने हाइड्याम्प निर्माण भएमा तुलसीपुर क्षेत्रमा पानीको समस्या नहुने र दीघकालिन रूपमा यसले पानी आपूर्तिमा सहज बनाउने विश्वास छ ।
कार्यक्रममा संस्थामा पूर्व अध्यक्ष तथा सल्लाहकार टोप बहादुर शाह, सल्लाहकार शंकर पौडेल, खानेपानी आयोजनाका प्रमुख शालिकराम पौडेललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव मनोज लामिछानेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here