- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरउम्मेदवारको मनोनयन दर्ता

उम्मेदवारको मनोनयन दर्ता

- Advertisement -spot_img

दाङ, २२ कार्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि यहाँका राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न १२ राजनीतिक दलसहित २ स्वतन्त्र गरी १४ जनाले मूख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा उम्मेदवारी दर्ता गराएका हुन् । दाङ क्षेत्र नं.३ को (२) बाट प्रदेशसभा सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
मूख्य दलले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार केशवराज शर्मा (केशव आचार्य) र नेकपाका उम्मेदवार विमला खत्री (ओली)ले दर्ता गराएका छन् । त्यसैगरी राप्रपाको तर्फबाट भूपाल रावत, साझा पार्टीका तर्फबाट शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट धनराज सुनार, नेमकिपाबाट सुरेश परियार, राप्रपा संयुक्त छोटीलाल थारू,
नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, नेका (विपी) बाट दीपककुमार धिताल तथा स्वतन्त्रबाट गोबिन्द विसी र टिकाराम आचार्यले पनि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् ।
उपनिर्वाचनका लागि मनोनयन दर्तालाई व्यवस्थित र शान्ति पूर्णरूपमा गराउन मूख्य निर्वाचन कार्यालयले समयसमेत तोकिदिएको थियो । सोही अनुरूप नेपाली काँग्रेसले करीब साढे ११ बजे र नेकपाले साढे १२ बजे मनोनयन दर्ता गराउने गराएको थियो भने साढे १ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयलाई शक्ति प्रदर्शनका रूपमा दलहरूले लिने भएकाले सम्भावित झडप वा दुर्घटना हुन नदिन समय निर्धारण गरिएको थियो ।
यसैबीच दाङ निर्वाचन क्षेत्र नम्बर ३ (२) का नेपाली काँगेसका तर्फबाट उम्मेदवारी दिएका दाङका पुराना एव क्रियाशील नेता केशवराज शर्माले आफ्नो उम्मेदवारी लोकतन्त्र, प्रजातन्त्र, समाजवाद, सुशासन, भ्रष्टाचारमुक्त समाज र समावेशी समाज निर्माणका लागि रहेको बताएका थिए ।
काँग्रेस भनेको विकासको लागि पर्यायवाची भएकाले त्यो पूरा गर्नको लागि आफ्नो उम्मेदवारी भएको बताए । ‘यहाँको विकासको लागि र सिंचाई, सडकको लागि मेरो मूख्य भूमिका रहनेछ’ उम्मेदवारी दर्ता गराईसकेपछि पत्रकाहरूसँग भने ‘मेरो मुख्य एजेण्डा भनेको दाङ राजधानी हो ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार विमला कुमारी खत्री (ओली)ले पश्चिम दाङको विकासका लागि आफ्ना श्रीमान उत्तरकुमार ओलीले थालेका अधूरा कामलाई पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएकी थिइन् ।
उम्मेदवार ओलीले ‘पश्चिम दाङमा श्रीमानले देखेका सपनाहरूलाई पूरा गर्नको लागि उम्मेदवारी दिएकी हुँ’ मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै भनिन् ‘पार्टीले मलाई विश्वास गरेर जिम्मेवार दिएको छ ।’
निर्वाचनमा जितेपछि पश्चिम दाङको विकासका लागि श्रीमानले थालेका अधूरा कामलाई पूरा गर्नमा ध्यान दिने उनको भनाइ थियो । त्यसका लागि जनताले भारी मत दिएर विजयी गराउनुपर्ने र निर्वाचन जित्नेमा पनि विश्वस्त रहेको उनले बताईन् ।
उम्मेदवारी दर्ता गर्न प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी प्रदेश संयोजक ओनसरी घर्ती, राष्ट्रियसभा सदस्य कोमल वलीलगायतका नेताहरूसँग वली मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् । उनी दिवंगत सांसद उत्तरकुमार ओलीकी पत्नी हुन् । सांसद ओलीको सडक दुर्घटनामा निधन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here