- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरगाँजा खाए नखाएको जाँच

गाँजा खाए नखाएको जाँच

- Advertisement -spot_img

घोराही, २२ कार्तिक । घोराही उपमहानगरपालिकाले लागूऔषध दुव्र्यसनीलाई रोक्न अभियानसँगै परिक्षण सुरू गरेको छ । युवा अवस्थाका व्यक्तिहरू लागूऔषध दुव्र्यसनीमा बढी लागेको प्रहरी तथ्याङ्कलाई हेर्दै उपमहानगरले लागूऔषधको दुव्र्यसनीबाट बचौँ भन्ने अभियान सुरू गरेको हो ।
प्रहरीसँगको साझेदारीमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको उपमहानगरले बिहीबारदेखि घोराहीमा लागूऔषध सेवन गरे नगरेको जाँचसमेत थालेको छ । वडा नम्बर १४ को सहरी स्वास्थ्य केन्द्र तीनकुनेबाट लागूऔषध गाँजा सेवन गरे नगरेको बारेमा जाँच्न थालेको हो ।
दैनिकजसो प्रहरीले लागूऔषध दुव्र्यसनीमा फसेका युवाहरूलाई नियन्त्रणमा लिदै समेत आएको छ । प्रहरीले पक्राउ गर्ने व्यक्ति र अभिभावकले समेत आफ्ना छोराहरू कुलतमा लागेको शंका माने परिक्षण गराउन सक्नेछन् ।
पिसाबबाट जाँच गर्ने विधि ल्याईएको भन्दै साझा अभियानकै रूपमा दुव्र्यसनीलाई रोक्न लाग्नुपर्ने देखिएको केन्द्रका इञ्चार्ज मदन वलीले जानकारी दिए । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरूलाल चौधरीले लागूऔषध दुव्र्यसनी सामाजिक समस्याका रूपमा देखिएको भन्दै यसका विरूद्ध साझा अभियान चलाउनुपर्ने बताए ।
गाँजाका बोट मात्रै नष्ट गरेर नहुने भन्दै मान्छेको दिमागमै यो खराब चिज हो भन्ने बोध गराउन आवश्यक रहेको धारणा राखे । यस्ता कुलतमा फस्दा अपराधका घटना बढ्ने, पारिवारीक विचलन हुने, आर्थिक नोक्सान तथा स्वास्थ्य नै जोखिममा पर्ने भन्दै अभिभावकहरूलाई सचेत बन्न अपिलसमेत गरे । व्यक्ति स्वस्थ भए मात्रै परिवार र समाजको विकास हुने भन्दै नगर प्रमुख चौधरीले आफ्ना बालबालिकामाथि निगरानी बढाउन अभिभावकहरूलाई आग्रह गरे ।
त्यसैगरी नगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले लागूऔषधमा ७० प्रतिशत गाँजाबाट नशा लाग्ने पदार्थ बन्ने बताए । स्वास्थ्य, सामाजिक, आर्थिक तथा पारिवारीक अवस्थामा विचलन ल्याउने कुलत भएको भन्दै यसलाई रोक्न सचेतना र कानुन कार्यान्वयन प्रमुख विषय भएको उल्लेख गरे । कार्यक्रमको सहजीकरण केन्द्रका राममाणि शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here