- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरसुत्केरीलाई निःशुल्क रगत

सुत्केरीलाई निःशुल्क रगत

- Advertisement -spot_img

घोराही, २२ कार्तिक । घोराही उपमहानगरपालिकाले सुत्केरी, सिकलसेल एनिमिया र थाल्सेमियाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन नगर प्रमुख रक्तसञ्चार सेवा सञ्चालन गर्ने भएको छ ।
उपमहानगरले चालु आर्थिक बर्षको नीति कार्यक्रममा समावेश गरिएका कार्यक्रमअन्तर्गत नगरभित्रका सुत्केरी, सिकलसेल र थाल्सेमियाबाट समस्यामा परेकालाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो ।
जसका लागि नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा नगर प्रमुख रक्त सञ्चार सेवा सञ्चालन कार्यक्रमको केही दिनमा सम्झौता गर्ने निर्णय भएको छ ।
अब सुत्केरी, सिकलसेल र थाल्सेमियाका बिरामीलाई आवश्यक पर्ने रगतको पैसा नगरले रेडक्रस सोसाईटीलाई भुक्तानी गर्नेछ । साथै उपमहानगरले जेष्ठ नागरिकहरूको घरदैलोमा पुगेर स्वास्थ्य जाँच तथा परामर्शका लागि छुट्टै स्वास्थ्यकर्मीको टोलीसमेत खटाउने भएको छ ।
त्यसैगरी गर्भवती भएपश्चात् नियमित स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य जाँच गराएको र अस्पतालमै पुगेर सुत्केरी भएका आमाहरूलाई सुरक्षित प्रसूति सेवा प्रोत्साहन कार्यक्रममार्फत एक हजार रूपैयाँ खुत्रुकेमार्फत दिने निर्णय भएको छ ।
जसका लागि मातृशिशु जीवन रक्षाका लागि उपप्रमुख आमा शिशु सुरक्षा कार्यक्रम लागू हुनेछ । साथै गर्भवतीहरूको मासिकरूपमा निःशुल्क भिडियो एक्सरे गर्ने, वर्थिङ सेन्टरले रिफर गरेका विपन्न गर्भवतीहरूलाई निःशुल्क एम्बुलेन्सको सेवा दिने निर्णय भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here