- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबररूकुम पूर्वमा इन्जिनियरिङको पढाइ

रूकुम पूर्वमा इन्जिनियरिङको पढाइ

- Advertisement -spot_img

रूकुम, २२ कार्तिक । रूकुम पूर्वमा पहिलोपटक इन्जिनियरिङको पढाइ हुनेभएको छ । सिस्ने गाउँपालिका–३ स्थित जनता मावि पोखराले जिल्लामै पहिलोपटक इन्जिनियरिङको पढाइ सञ्चालन गर्न लागेको हो ।
इन्जिनियरिङको पढाइ सञ्चालनका लागि सिटिइभिटीबाट अनुमति पाइसकेको छ । सिटिइभिटीको अनुमति पाएपछि विद्यालयले तीनवर्षे सिभिल ओभरसियरको पढाइ सञ्चालनका लागि प्रक्रिया सुरू गरेको छ ।
अहिले विद्यार्थीहरूबाट आवेदन संकलन भइरहेको र २३ कार्तिकमा परीक्षा हुने विद्यालयका प्रधानाध्यापक कालु खड्काले बताएका छन् । लामो प्रयासपछि विद्यालयमा इन्जिनियरिङको पढाइ सञ्चालनको अनुमति ल्याउन सफल भएको उनको भनाइ छ ।
तीनवर्षे सिभिल ओभरसियरको पढाइ सञ्चालन गर्ने अनुमति पाएपछि विद्यालयले व्यवस्थापनको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ । विद्यालयका अनुसार पठनपाठनका लागि आवश्यक प्रयोगशाला तथा अन्य व्यवस्थापनको काम पूरा भइसकेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here