Saturday, April 13, 2024
Homeमुख्य खबरसासूको आक्रमणबाट ज्वाइँ घाइते

सासूको आक्रमणबाट ज्वाइँ घाइते

- Advertisement -spot_img

घोराही, २२ कार्तिक । घोराही १० नारायणपुरमा हतियार प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका–३ निवासी ३१ बर्षिय गणेश चन्द नारायणपुरमा रहेको ससुराली आएको समयमा धारिलो हतियार प्रहार भएको हो ।
श्रीमतीसँगै ससुराली आएका चन्दमाथि सासूले आक्रमण गरेको प्रहरीले जनाएको छ । श्रीमान श्रीमतीबीच भएको विवादको विषयमा सासूले हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट गम्भीर घाइते चन्दको अहिले नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको छ । ४१ बर्षिय सासू मधुकुमारी मल्लले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
यस्तै चन्दकी श्रीमती सरस्वती पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । सरस्वतीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सासू मधुकुमारी मल्ललाई वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here