- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयसीमा हस्तक्षेप रोकौं

सीमा हस्तक्षेप रोकौं

- Advertisement -spot_img

नेपालले छिमेकीबाट सीमामा पटक– पटक समस्या भोग्दै आएको छ । भारतको सीमा विस्तारवादी नीतिले पटक–पटक नेपालमा हस्तक्षेप छ । भारतले पछिल्लो समय सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको ३ सय ७२ वर्ग किलोमीटर भन्दा बढी भू–भाग आफ्नोमा पारेको छ । जुन नेपालकै खास भूमि हो ।

नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका ठाउँ भारतले आफ्नो नक्सामा समेटेको छ । नेपाली भूमिलाई आफ्नो बनाउन भारतले देखाएको हस्तक्षेपकारी व्यवहारमा नेपालले आवाज उठाउनुपर्छ ।

वर्षौदेखि नेपाली भूमिलाई कब्जा गर्दै आएको भारतले पछिल्लो समय फेरी नेपाली भू–भाग आफ्नो नक्सामा राखेपछि बहसले समेत नयाँ रूप लिएको छ ।

भारतले आफ्नो नयाँ नक्सामा राखेको नेपाली भू–भाग फिर्ता तत्काल फिर्ता गराउनेतर्फ राज्यले कदम चाल्नुपर्छ । आवश्यक परेर अन्तर्राष्ट्रिय कदम चाल्न सक्नुपर्छ । छिमेकी देश भारतले नेपाली भूमि आफ्नो कब्जामा राख्दै गएपछि नेपाल खुम्चिदै गएको छ ।

भारतको पछिल्लो हस्तक्षेपकारी भूमिकाले अहिले आम नेपालीलाई हेपिएको महसुस मात्र भएको छैन् अब राष्ट्र र राष्ट्रियता जोगाउन सबै नेपाली एकजुट हुनुपर्छ भन्ने सन्देशसमेत मिलेको छ ।

भारतले निकालेको नयाँ नक्साका विषयमा परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत ध्यानाकर्षण समेत गरेको छ । तर पराराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिले मात्रै केही हँुदैन । यसको समाधानको लागि कुटनीतिक पहल थाल्नुपर्छ ।

नेपाली भूमि फिर्ताको माग गर्दै अहिले नागरिकले आन्दोलन पनि थालिसकेका छन् । सामाजिक सञ्जालदेखि विभिन्न मिडिया अहिले भारतले देखाएको पछिल्लो दादागिरीको अन्त्यको माग गरेका छन् ।

कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७८ ठाउँमा विवाद छ । भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ । नापी विभागका अनुसार सन् १९८० देखि २००७ सम्म प्राविधिक समितिबाट काम गर्दा विभिन्न ठाउँमा विवाद देखिएको थियो । उच्चस्तरीय संयन्त्रलाई जिम्मेवारी दिएपछि विभागको तर्फबाट कालापानी र सुस्तामा कुनै पनि अध्ययन र समाधानको काम भएको छैन ।

नापी विभागले देशका अन्य ठाउँमा बेला–बेला देखिने गरेका विवाद समाधान गर्ने, सीमा स्तम्भ गाड्ने, बिग्रे भत्केका मर्मत गर्ने र नक्साङ्कन गर्नेजस्ता काम भने गर्दै आएको छ । तर पनि कालापानी र सुस्ताको विषयमा विवाद कायमै रहेको छ ।

नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा भारतले किन राख्यो ? सीमा किन मिच्दै छ भारत ? लगायतका प्रश्न नागरिकले गरिरहेका छन् । अब नेपाली र नेपाल सरकार चुप लागेर बस्ने अवस्था छैन् । देशको भूमि रक्षाका लागि आम देशबासी जाग्नुपर्ने अवस्था आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here