- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकाँग्रेसबाट आचार्य उमेदवार

काँग्रेसबाट आचार्य उमेदवार

- Advertisement -spot_img

तुलसीपुर, २१ कार्तिक । नेपाली काँग्रेसले उपनिर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाएको छ । काँग्रेसले दाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा नेता केशव आचार्यलाई उम्मेदवार बनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले कास्की २ मा प्रतिनिधिसभातर्फ खेमराज पौडेललाई उम्मेदवारी बनाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यसैगरी काँग्रेसले बाग्लुङ २ को (२) मा जित शेरचनलाई र भक्तपुर १ (१) मा कृष्ण भँडेललाई उम्मेदवारी बनाएको छ । यसैबीच नेपाली काँग्रेसले घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्षका लागि ताराबहादुर डाँगीलाई बनाएको छ ।

को हुन् आचार्य ?

केशवराज शर्मा आचार्य राजनीतिक संघर्षको लामो यात्रा पूरा गरेका छन् । विसं २०२९ सालबाट सक्रिय राजनैतिक थालेका आचार्यले विभिन्न राजनैतिक तथा सामाजिक भूमिकामा सक्रिय छन् । २०३५ सालमा भारतको बनारसमा विषेश प्रशिक्षण लिई २०३७ सालसम्म बनारस बसेर राजनीतिक यात्रा शुरूवात भएको हो ।
२०२९ देखि २०७० सालसम्म निरन्तर पार्टीको जिल्ला कमिटीको सदस्य, उपसभापति र संगठन विभाग प्रमुख भई नेपाली काँगे्रस महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि सधैं कार्यकर्ता र जनताको बीचमा राम्रो छवि बनाउन सफल नेता हुन् । २०४८ देखि २०६२÷६३ सालको जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा सक्रिय आचार्यले जिल्लामा संगठन विभाग प्रमुख र जिल्ला सदस्य भई काम गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here