- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरप्रदेश प्रमुखको बर्खास्ती उपनिर्वाचन प्रभावित पार्ने काम

प्रदेश प्रमुखको बर्खास्ती उपनिर्वाचन प्रभावित पार्ने काम

- Advertisement -spot_img

दाङ, २० कार्तिक । नेपाली काँग्रेसले सरकारले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई प्रभावित पार्ने षड्यन्त्रले प्रदेश प्रमुखको बर्खास्ती गरेको ठहर गरेको छ । बुढानिलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको काँग्रेस पदाधिकारी बैठकले उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरूको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रूपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरीत रहेको ठहर गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरूको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षड्यन्त्रको रूपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरीतसमेत रहेको ठहर बैठकले गरेको छ ।’
त्यस्तै काँग्रेसले सरकारले प्रदेश प्रमुखको बर्खास्ती गरेर सहमतिको राजनीतिलाई बिथोल्न खोजेकोसमेत आरोप लगाएको छ । बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक एवं कम्युनिष्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेत प्रवाह गर्न खोजिएको घटनाको रूपमा लिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरूलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।
यसैबीच नेपाली काँग्रेसले मंगलबार पनि उपनिर्वाचनका उम्मेदवार टुङ्गो लगाउन सकेन् । उम्मेदवार बनाउने विषयमा विवाद भएपछि मंगलबारको बैठक स्थगित भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here