Friday, March 29, 2024
Homeमुख्य खबरसार्वजनिक सरोकारमा चासो गर्दैनन् नागरिक

सार्वजनिक सरोकारमा चासो गर्दैनन् नागरिक

- Advertisement -spot_img

तुलसीपुर, २० कार्तिक । नेपालको संविधान (२०७२) को धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने अधिकार छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायमा रहेको सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने अधिकार भएपनि अधिकांश सर्वसाधारण नागरिकले सार्वजनिक सूचनाबारे सोधीखोजी गर्ने गरेका छैनन् ।
कुनै पनि सार्वजनिक महत्वका विषयमा सर्वसाधारण नागरिकले कमै मात्रामा सोधीखोजी गर्ने गरेको विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरूले बताउने गरेका छन् ।
सरकारी कार्यालयमा अधिकांश नागरिकले व्यक्तिगत रूपमा आफूलाई प्रत्यक्ष फाइदा पुग्ने सूचनाहरू माग्ने गरेपनि सार्वजनिक सरोकारका सूचना सोधीखोजी कमै गर्ने गरेको जिल्ला प्रशासन कार्यालय दाङका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए ।
‘सार्वजनिक महत्वका सूचना मिडियाकर्मीबाहेक अरू सर्वसाधरण नागरिक सूचना माग्न आउने गरेको कमै पाइन्छ’ उनले भने– ‘नागरिकमा सार्वजनिक महत्वका विषयको सूचना माग्न सकिन्छ भन्ने चेतनाको अझै पनि विकास हुन सकेको छैन् ।’ जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक सरोकारका विषयमा एक÷दुईजना मात्रै सूचना माग्न आउने गरेका छन् ।
नेपालको संविधानमा कुनै पनि सरकारी कार्यालयमा नागरिककले सहजरूपमा सूचना प्राप्त गर्न सकून् भनरे एकजना सूचना अधिकारी राख्ने व्यवस्था भएअनुसार दाङमा भएका सबै सरकारी कार्यालयले एकजना सूचना अधिकारी व्यवस्था पनि भइसकेको उनले बताए ।
‘नागरिकहरू धेरै मुद्दा परेका कुराहरूमा बुझ्न आएपनि अन्य सार्वजनिक महत्वका विषयसँग सम्बन्धित सूचना माग्न आउने गरेका छैनन्’ उनले भने– ‘सार्वजनिक महत्वको विषयमा पनि सूचना पाउन सकिन्छ भन्ने वातावरण सम्बन्धित कार्यालयले नागरिकलाई जानकारी गराउनुपर्छ ।’
नागरिकले सूचना मागेमा सहजरूपमा उपलब्ध गराउने गरेको तर सार्वजनिक सरोकारका विषयमा अलिकति कमै सूचना माग्ने गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताए । ‘उपमहानगरमा पनि पत्रकारबाहेक अरू नागरिक सूचना माग्न आउने कमै देखिन्छ’ उनले भने– ‘सूचना माग्न आएसम्म दिने गरेका छौँ ।’
तुलसीपुर उपमहानगरपालिकामा सार्वजनिक सरोकारका विषयमा चासो राख्दै दुई÷तीन महिनाको अवधिमा एक÷दुईजना मात्र आउने गरेको सूचना अधिकारी खरेलले बताए ।
सूचनाको हकलाई भ्रष्टाचार, गैह्रकानुनी कार्य, अपराधजस्ता कुरासँग लड्ने, जुध्ने प्रमुख औजारको लिने गरिए पनि कार्यान्वयनमा समस्या देखिएको छ । सार्वजनिक विषयमा नागरिक सुुसूचित नहुँदा भ्रष्टाचार, विभिन्न गैह्रकानुनी कार्य बढ्ने देखिएको जानकारहरू बताउँछन् ।
नागरिकले सार्वजनिक महत्वका विषयमा सोधीखोजी नगर्दा अनियमितता, ढिलासुस्ती बढ्ने नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले बताए । ‘नागरिक जागरूक भएमात्रै विकास बढ्ने, भ्रष्टाचार घट्ने हुन्छ’ उनले भने–‘होइन भने बेथिति मौलाउँछ, विकास कम भ्रष्टाचार बढी हुन्छ ।’ कतिपय सरकारी कार्यालयमा सूचना अधिकारी नै हुँदैनन् भने सूचना अधिकारी भएपनि उसैलाई सूचनामा पहुँच नहुँदा समस्या हुने गरेको छ ।
सर्वसाधारण नागरिकले सार्वजनिक महत्वका विषयमा जानकारी लिन खोज्दा सहज नभएको सर्वसाधारण नागरिक बताउँछन् । सरकारी कार्यालयमा सहजरूपमा सूचना दिन नसकेको तुलसीपुर उपमहानगरपालिका–६ का विष्णु नेपालीले बताए ।
‘हामी त्यही आफ्नो टोलमा कति विकास बजेट आएको छ, के–के योजना छन् ? यस्तै कुरा माग्ने हो, त्यही पनि सम्बन्धित कार्यालयले सहजरूपमा दिनसक्दैन्’ उनले भने– ‘एक÷दुई पटक माग्ने हो, सामान्य एक÷दुई पटकमा पाउन त मुस्किल नै हुनेगर्छ ।’ नागरिक सचेत भएमात्रै समृद्धि सम्भव छ तर नागरिक सशक्तिकरण पनि बलियो बन्न सकेको छैन् ।
नागरिक सशक्तिकरणका लागि भन्दै विभिन्न तालिम गोष्ठी सञ्चालन गर्ने गरेपनि प्रभावकारी भने नदेखिएको महिला अधिकारकर्मी शुष्मा गिरीले बताइन् ।
‘विकासको पहिलो आधार नै नागरिक सशक्तिकरण हो तर अहिले पनि अधिकांश नागरिकमा ढुक्कले आफूले चाहेको सूचना माग्ने विकास हुन सकेको छैन्’ उनले भनिन्– ‘कुनै समयभन्दा केही सचेतना बढेपनि सोचेजस्तो सचेतना अझै बढ्न सकेको छैन्, नागरिक सचेतनालाई बढाउन जरूरी छ ।’ लोकतन्त्रको संस्थागत विकास गर्न र सुशासन कायम गर्न यसलाई कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here