- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरप्रचार प्रसार समिति गठन

प्रचार प्रसार समिति गठन

- Advertisement -spot_img

घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. १६ को उपनिर्वाचनमा वडा अध्यक्षका नेपाली काँग्रेसका उम्मेदवार ताराबहादुर डाँगीलाई मंसिर १४ गते हुने निर्वाचनमा विजय गराउनको लागि इकाई सभापति सुरेश पछाई र तुलसी राणाको अध्यक्षतामा बैठक बसेको छ । बैठकले तत्कालीन उम्मेदवार लोकबहादुर खत्रीको संयोजकत्वमा १ सय ११ जना प्रचार प्रसार समिति गठन गरेको छ ।
त्यसैगरी सल्लाहकारहरूमा रणबहादुर पछाई, तुलसी राणा, सुरेश पछाई, सुशील बस्नेत, हर्कबहादुर खत्री, यज्ञबहादुर भण्डारी, रणबहादुर बस्नेत, नारायणप्रसाद डाँगी, खिमलाल डाँगी, वावुला जैसी, गोमा रावत, धनराज भण्डारी, लुमबहादुर केसी र चत्तुरमान डाँगी रहेका छन् ।
त्यसैगरी उपसंयोजकत्वमा जयभोला परियार, धनिराम चौधरी, बुद्धिराम चौधरी, शान्ति चौधरीलाई तोकिएको छ भने सचिवमा राजिव पछाई र कोषाध्यक्षमा टिकाराम वलीलाई तोकिएको छ । त्यसैगरी युवा परिचालन समिति संयोजकमा सिंहबहादुर रोका, महिला परिचालन समितिको संयोजकमा भिमा डाँगी लगाई तोकिएको छ ।
प्रदेश टुडेत्यसैगरी सम्मान, स्वागत समिति संयोजकमा गिरबहादुर बस्नेतलाई जिम्मेवार दिइएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा अध्यक्ष पदका उम्मेदवार डाँगीलाई जिताउनको लागि प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here