Tuesday, March 26, 2024
Homeफिचरबस पल्टिदा चारजना घाईते

बस पल्टिदा चारजना घाईते

- Advertisement -spot_img

देउखुरी, २० कार्तिक । दाङको देउखुरीमा बस पल्टिदा चारजना घाइते भएका छन् । लमही नगरपालिका–७ उचानिम्बुमा ना ५ ख ११७२ नम्बरको बस अनियन्त्रित भएर पल्टिदा २१ जना सवारमध्ये चारजना घाईते भएका हुन् ।
घाइते हुनेहरूमा बराहाताल गाउँपालिका–५ का २३ बर्षिया मिना बुढामगर, भेरी गंगा नगरपालिका–१३ बस्ने ३४ बर्षिय बलबहादुर रम्तेल, सोही नगरपालिका–९ बस्ने १७ बर्षिय सुनिल दडेल र उपदयपुर त्रियुगा नगरपालिका–७ बस्ने ३६ बर्षिय कमल तामाङ रहेका छन् ।
यसैबीच नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडी दुर्घटनामा परेको छ ।
सांसदसमेत रहेकी सचेतक चौधरीलाई घोराही–४ बसन्तपुरमा छोडेर देउखुरी जाँदै गरेका चालक मात्रै रहेको गाडी दुर्घटनामा परेको हो । बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी घोराही–लमही सडकखण्डको कुलमोडबाट खोलामा खसेको छ । सकुशल रहेका चालक रतन चौधरीले सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here