- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरघोराहीबासीलाई मोतियाविन्दुको निःशुल्क अप्रेशन

घोराहीबासीलाई मोतियाविन्दुको निःशुल्क अप्रेशन

- Advertisement -spot_img

घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिकाले मोतियाविन्दु भएका व्यक्तिहरूको निःशुल्क अप्रेशन गरिदिने गरी राप्ती आँखा अस्पताल रक्षाचौरसँग सम्झौता गरेको छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, लेखा अधिकृत लोकमणि शर्मा र राप्ती आँखा अस्पताल तुलसीपुरबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा नगर प्रमुख नरूलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, जनस्वास्थ्य प्रवद्र्धन समिति संयोजक खोपीराम चौधरी, प्रवक्ता भरत अर्याल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, आँखा अस्पतालका नेत्र अधिकृत शालिक गौतमलगायतको बीचमा छलफल भई नगरभित्रका व्यक्तिहरूको निःशुल्क मोतियाविन्दुको अप्रेशन गर्ने सहमति भएको हो ।
उपमहानगरले चालु आर्थिक बर्षमा वडाहरूमा आँखा जाँचको शिविर गर्ने र मोतियाविन्दुको अप्रेशन गर्नुपर्नेलाई निःशुल्क सेवा दिने गरी आँखा अस्पतालसँग सहकार्य गर्ने गरी कार्यक्रम तय गरेको थियो । सोही अनुसार उपमहानगरको स्वास्थ्य शाखाले चालु आर्थिक बर्षका लागि पाँच लाख रूपैयाँ बजेटसमेत व्यवस्थापन गरेको छ ।
मोतियाविन्दुको अप्रेशन गरेबाफत एकजनाको उपमहानगरले पाँच रूपैयाँ तिरिदिने छ । अन्य बाँकी खर्चको व्यवस्थापन आँखा अस्पतालले गर्नेछ । आँखा अस्पतालले नगरका वडाहरूमा आँखा जाँचको शिविर सञ्चालन गरेर मोतियाविन्दुको अपे्रशन गर्नुपर्ने व्यक्तिको पहिचान गर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here