Wednesday, March 27, 2024
Homeफिचरनयाँ पाइलाद्वारा रिजाललाई सहयोग

नयाँ पाइलाद्वारा रिजाललाई सहयोग

- Advertisement -spot_img

बिजौरी, २० कार्तिक । तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमे विजौरीस्थित नयाँ पाइला पुनःस्थापना केन्द्रले पत्रकार महेश रिजालको उपचारार्थ आर्थिक सहयोग गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको केन्द्रले मुटुको शल्यक्रियाका लागि उपचारार्थ पत्रकार महेश रिजाललाई दश हजार एक सय रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले पत्रकार महासंघ दाङका सहसचिव एवं उपचारार्थ आर्थिक संकलन उपसमिति तुलसीपुरका संयोजक गोकर्ण पौडेललाई दश हजार एक सय रूपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
समितिका सदस्य राकेश बस्नेतको विशेष सक्रियतामा आर्थिक सहयोग गरिएको हो । सामाजिक उत्तरदायित्व बहनका लागि आर्थिक सहयोग गरिएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले बताए ।
रिजालको उपचारका लागि तुलसीपुर क्षेत्रका पत्रकारहरूले खेलेको भैलोबाट पाँच हजार, रेडियो सञ्जिवनीले दुई हजार, पत्रकार महासंघका साधारण सदस्य यमप्रसाद बोहराबाट पाँच सय र शिक्षक सुरेन्द्र बोहराले पाँच सय सहयोग गरेका छन् । सहयोगी सम्पूर्णमा तुलसीपुर क्षेत्रका संयोजक गोकर्ण पौडेलले धन्यवाद ज्ञापन गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here