Thursday, March 28, 2024
Homeमुख्य खबरबबईका ग्रामीण सडक मर्मत

बबईका ग्रामीण सडक मर्मत

- Advertisement -spot_img

बबई, २० कार्तिक । बबई गाउँपालिकाले ग्रामीण बस्तीका सबै सडक मर्मत गरेको जनाएको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार सडक मर्मत भएका हुन् । जिल्लाको सबैभन्दा विकट बस्तीका रूपमा रहेको गंगटेसम्मको सडक मर्मत भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको गंगटे, भाङाबारी, जौबारी, त्यस्तै मलई, जलजलासम्म पुग्ने सडक मर्मत भएका हुन् । वर्षाका कारण अवरूद्ध भएका सडक मर्मतसँगै सवारीका साधन सञ्चालनसमेत भएका छन् ।
दसैँ अघिदेखि सुरू भएको सडक मर्मत कार्य तिहार अघि सकिएको अध्यक्ष भूवनेश्वर पौडेलले जानकारी दिएका छन् । गाउँपालिकाले आन्तरिक कोषमार्फत् सडक मर्मत गरेको हो । हरेक वर्ष गाउँपालिकाले सडक मर्मतका लागि आन्तरिक कोषबाट रकम खर्च गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here