- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरमतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

- Advertisement -spot_img

घोराही, २० कार्तिक । उपनिर्वाचनका क्रममा भोट हाल्दा मत बदर हुनबाट बचाउन मंसिर पहिलो साता मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेभएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्ने भएको हो ।
मंसिर ५ गतेदेखि एक हप्तासम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने निर्वाचन कार्यालय दाङले जनाएको छ । विषेशगरी नयाँ मतदातालाई केन्द्रित गरी निर्वाचन मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ ।
निर्वाचनका लागि पोष्टर, ब्रोसर, नमुना मतपत्रजस्ता सामग्रीको सहयोगमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालय दाङका प्रमुख बुद्धिबहादुर खत्रीले जानकारी दिए । २०७४ सालको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ (२) मा २ हजार २ मतपत्र बदर भएको थियो । त्यस्तै घोराही १६ मा ३ सय ११ मत बदर भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here