- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयपर्व विकृति कहिलेसम्म

पर्व विकृति कहिलेसम्म

- Advertisement -spot_img

हिन्दुहरूका ठूला चाडपर्वहरू सकिएका छन् । ठूला पर्वहरूमध्येका छठ, तिहार, दसैँलगायतका पर्वहरू सकिएका छन् । यो वर्षका केही बाहेकमा सबै चाडपर्वको बिदाइ भएको छ । सबै पर्व सकिदै गर्दा पर्वसँग जोडिएका केही विकृतिहरू पनि देखिएका छन् ।
पर्वलाई रमाईलो बनाउने नाउँमा विकृतिहरूले समाजमा जरा गाडिरहेको र विकृतिलाई हटाउनेभन्दा पनि विकृति झन संस्थागत भएको आभास बेला–बेला देखिने गर्छ । समाजमा देखिएका केही विकृतिका उदाहरणले चाडलाई पछिल्लो समय विकृतितर्फ लैजान थालिएको प्रष्ट हुँदै गएको छ ।
विकृतितर्फ केहि ब्यक्ति र समाजले धकेल्न थालेको आलोचना पनि बढिरहेको छ । चाडपर्वहरू भनेका समाजका मूल्य मान्यता हुन् । यिनलाई विकृततर्फ भन्दा पनि परम्परा संरक्षण प्रवद्र्धन गर्नतर्फ उन्मुख गराइनुपर्छ ।
यस पटकको तिहारमा देशैभर विभिन्न विकृति र विभिन्न उच्छ«ृङ्खल गतिविधिहरूले स्थान पाएका छन् । चाड पर्वको रमाईलोको नाममा विकृति निम्त्याउन जाँडरक्सी र जुवातास बढी नै देखियो । यसकै कारण विभिन्न स्थानमा कुटपिट केही ज्यानै जानेसम्मका दुर्घटना पनि भए ।
समग्रमा तिहार सहजरूपमा सम्पन्न भएको देखिए पनि समग्रमा विकृतिको सूत्रधार गरेर टुङ्गिएको छ । प्रायः अशान्त नै देखियो । तिहारलाई ब्यवस्थित गराउने गरी स्थानीयतहहरूले गरेका निर्णय पूर्णरूपमा असफल नै देखिए । चाडपर्वमा हुने विकृति न्यूनीकरण गर्ने गरी स्थानीयतहले गरेका केही निर्णय कार्यान्वयन भएनन् । स्थानीयतहले निर्णय गरे पनि त्यसलाई कार्यान्वयनमा लिन सकेनन् ।
न त्यसतर्फ जागरूकता नै देखाएर । स्थानीयतहहरूले संस्कृति संरक्षण गर्ने उद्देश्यले गरेका विगतका केही निर्णयहरू समेत कार्यान्वयनको चरणमा यस वर्षमा आउन सकेनन् । तिहार र भैलोको नाममा ठूलो आवाजमा डिजे बजाउने,
जुवातासलाई ब्यवसाय बनाउने, जाँडरक्सीलाई सेवनलाई अधिकारको रूपमा लिन खोज्ने गर्दा चाडपर्वहरू विकृतितर्फ मौलाईरहेका छन् । तिहारमा मात्रै करोडाँै रूपैयाँसहित जुवाडे जुवाको खालबाट भिआइपी जुवाडेहरू समातिनुले पनि पर्व विकृतिमा बढी गएको देख्न सकिन्छ । समाजमा हुलदङ्गा गर्नुने पनि क्रमिक रूपमा पर्वका नाममा विकृति मौलाएको मान्न सकिन्छ ।
पर्वका नाममा खुलेआम समाजमा विकृति देखिएको छ । ठूला–ठूला जुवाखालहरू प्रहरी नियन्त्रणमा गएका छन् । चाडवर्पकै नजिक ठूला–ठूला दुर्घटना हुँदा झण्डै सयले ज्यानसमेत गुमाउनु परेको छ ।
आफैबाट हुने त्रुटिलाई सहजै सुधार गर्नसकेमा र विकृतितर्फ भन्दा पनि संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लाग्नसके चाडपर्वमा हुने विकृति र विसंगतिलाई सहजरूपमा न्यूनीकरण गर्न सकिन्छ । महत्व बोकेका वर्पहरूको जगेर्ना र संरक्षण गर्न सबै लागौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here