- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरनयाँ प्रदेश प्रमुख सिफारिस

नयाँ प्रदेश प्रमुख सिफारिस

- Advertisement -spot_img

काठमाडौँ , १९ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका लागि नयाँ प्रदेश प्रमुखको नाम सार्वजनिक सहित सिफारिस गरेको छ । मन्त्रिपरिषदले गर्नुपर्ने नाम सिफारिस सत्तारूढ दल नेकपाले गरेको हो । त्यसलाई मन्त्रिपरिषदले अनुमोदन गर्ने सिफारिस गरेको हो ।
सोमबार बसेको सचिवालय बैठकले झापाका विष्णु प्रसाईं, सिराहाका धर्मनाथ यादव, काठमाडौँकी शर्मिला त्रिपाठी, चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार र डडेल्धुराका गोविन्द कलौनीको नाम सिफारिस गरेको हो ।
नेकपाले सिफारिस गरेका नाम मन्त्रिपरिषदले अनुमोदन गरी राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । आइतबार मात्रै प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशको प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । जसअन्तर्गत प्रदेश नम्बर १ को प्रमुखमा सोमनाथ प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर५ मा धर्मनाथ यादव, कर्णाली प्रदेश प्रमुखमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला पाण्डेलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here