- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरबस र छात्राबास सञ्चालनको तयारी

बस र छात्राबास सञ्चालनको तयारी

- Advertisement -spot_img

सल्यान, १९ कार्तिक । सल्यानको एक सामुदायीक विद्यालयले बस सेवा तथा छात्राबास सञ्चालनका लागि अभियान थालनी गरेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कपुरकोट–४ किमुचौरले विद्यालयभन्दा टाढा र ग्रामीण क्षेत्रका बालबालिकालाई लक्षित गरी स्कुल बस र छात्रावास सञ्चालनको लागि अभियान चलाएको हो । विद्यालयका प्रधानाध्यापक सिट्टीसाप विष्टले कोष नै खडा गरेर अभियान चलाईएको बताए ।
शिशु कक्षादेखि कक्षा ८ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने मावि किमुचौरले कोषमा तीन लाख रूपैयाँ जम्मा भइसकेको पनि जनाएको छ ।
स्कुल बस सञ्चालनका लागि थालिएको अभियानअन्तर्गत तिहारमा देउसी, भैलो खेलेर एक लाख रूपैयाँ जम्मा भएको प्रअ विष्टले बताए । उनले भने, विद्यालयमा छात्राबास र स्कुल बस सञ्चालनका लागि विद्यालय परिवार तथा अभिभावकहरू एकजुट भएर लागेका छौँ । यसपालिको तिहारमा देउसी, भैलो खेलेर एक लाख रूपैयाँ जम्मा गरेका छौँ ।
शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले तीन दिनसम्म १०, ११ र १२ गते कपुरकोट गाउँपालिकाभित्रका विभिन्न स्थानमा भैलो खेलेको उनले जनाए ।
भैलो खेलेर जम्मा भएको एक लाख र विद्यालयको अन्य आन्तरिक श्रोत दुई लाख गरी तीन लाख रूपैयाँ स्कुल बस खरिद तथा ब्यवस्थापन कोषमा जम्मा भएको प्रअ विष्टले बताए ।
गुणस्तरीय शिक्षा प्रदान गर्न लागि परिरहेको जनाएको विद्यालयले बस सेवा सञ्चालनका लागि अभिभावकहरूबाट पनि माग भइरहेकाले अभियान सञ्चालन गरिएको जनाएको छ ।
विद्यार्थीको सुविधा र टाढाका विद्यार्थीलाई मध्यनजर गरेर बस सञ्चालनको निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल पुनले जानकारि दिए । आउने नयाँ शैक्षिक शत्रदेखि स्कुल बस सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
बस खरिदको लागि आवश्यक पर्ने थप रकमको लागि स्थानीय सरकारसँग समन्वय गरी नेरामावि किमुचौरमा अध्ययन गरी वैदेशिक रोजगारमा रहेका, विभिन्न जागीरमा प्रवेश गरेकाहरूबाट पनि सहयोग माग गरिने विद्यालयले जनाएको छ ।
जिल्लाको नमुनाको रूपमा रहेको यस विद्यालयमा ई–लाईब्रेरी, सिसी क्यामेरा, ई–हाजिरी सञ्चालनमा छन् । शिशुदेखि कक्षा ८ सम्म सञ्चालन गरिएको अंग्रेजी माध्यमको पढाइ पनि प्रभावकारी देखिएको विद्यालयले जनाएको छ ।
यस्तै प्रत्येक कक्षाकोठामा जडान गरिएको सिसी क्यामराको कारण शैक्षिक गुणस्तर कायम गर्न मद्दत पुगेको बताइएको छ । विद्यालयमा शिक्षकहरूले पढाइमा लापरबाही गरेको र विद्यार्थीलाई अनुशासित गर्न नसकेको गुनासोपछि सिसी क्यामरा जडान गरिएको हो ।
कक्षाकोठामा जाँदा पढाइमा अवरोध हुने र सबै कोठामा जान कठिनाइ हुने भएकाले एकै ठाउँबाट बसेर चारैतिर हेर्न सकिने गरी सिसी क्यामेरा जडान गरेको प्रअ विष्टले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here