- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरराज्यको जवाफदेहिता र जनताको अभिबृिद्ध कार्यक्रम

राज्यको जवाफदेहिता र जनताको अभिबृिद्ध कार्यक्रम

- Advertisement -spot_img

घोराही, १९ कार्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले दाङका घोराही र तुलसीपुर उपमहानगरपालिकामा तीन बर्षे मानवअधिकार संरक्षण र सम्वद्र्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको अभिवृद्धि कार्यक्रम लागू गरेको छ ।
इन्सेकले सोमबार घोराहीमा सरोकारवालाहरूसँग परियोजनाको बारेमा जानकारी दिदै स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने गरी कार्यक्रम लागूभएको कार्यक्रम जिल्ला सहजकर्ता विनोद केसीले जानकारी दिए ।
महिला, बालबालिका, दलित, पछाडी परेका समुदायलाई सरकारका सेवाको पहुँचसम्म पु¥याउने र आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारको संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार सुरक्षित गर्न पहल गर्ने उद्देश्य रहेको केसीको भनाइ छ ।
मानवअधिकारलाई व्यवहारमै कार्यान्वयनका लागि सरकार र जनताको बीचमा रहेर सहजीकरणको भूमिका खेल्ने गरी तीन बर्षसम्म सरोकारवालाहरूको समन्वयमा विभिन्न कार्यहरू गर्नेछ । दुई उपमहानगरपालिकामा कार्यक्रम सञ्चालन गर्न सवा दुई लाख रूपैयाँ बजेट रहेको छ ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले यसअघि इन्सेकले निगरानी समूह गठन गरेर नागरिक अधिकारको वकालत र सरकारसँगको समन्वयकारी भूमिकामा काम गरेको जानकारी दिए ।
विषेशगरी शिक्षा, स्वास्थ्य, कृषिमा निगरामी समूहले काम गरेको र स्थानीय सरकारले नागरिकका आवाजलाई सहज ढंगले सम्बोधन गरेको समेत उल्लेख गरे ।
मानवअधिकार सञ्जालका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले मानवअधिकारको पूर्ण पालनाबिना समृद्धि र विकास असम्भब हुने बताइन् ।
गैरसरकारी संस्थाहरूको खबरदारी र सहकार्यले स्थानीय सरकारलाई काम गर्न पनि सहज भएको उल्लेख गरिन । मानवअधिकारको परिपालना गर्न सबै क्षेत्र संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिइन् ।
यसैबीच लौटन चौधरीको अध्यक्षतामा १२ सदस्यीय नगरस्तरीय मानवअधिकार समूह गठन भएको छ । समूहको उपाध्यक्षमा पार्वता अधिकारी सुवेदी, सचिवमा प्रकाशचन्द्र घिमिरे र कोषाध्यक्षमा रीता लामा रहेका छन् । त्यसैगरी सदस्यहरूमा प्रेमा अधिकारी, जयभोला परियार, देवा पाण्डे, रामदिपक चौधरी, शिवा हमाल, प्रकाशसिंह पुन, सुरेश बुढा र सपना बोहरा रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here