- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमनोरञ्जनपुख्र्यौली नाचको प्रतिस्पर्धा

पुख्र्यौली नाचको प्रतिस्पर्धा

- Advertisement -spot_img

देउखुरी, १९ कार्तिक । पहाडी भूगोलबाट दाङमा बसाइसराई गरी आएका ब्यक्तिले परम्परागत नाचलाई निरन्तरता दिएका छन् । जिल्लाका विभिन्न स्थानमा बसाई सरेर आएका ब्यक्तिहरूले परम्परागत नाचलाई निरन्तरता दिएका हुन् । परम्परागत नाचलाई पनि स्थानीय सरकारले संरक्षणको प्रयास जारी राखेका छन् । देउखुरीको राप्ती गाउँपालिकामा पुख्र्यौली नाचलाई संरक्षण गर्ने उद्देश्यले विविध कार्यक्रमसमेत हुने गरेका छन् ।
राप्ती गाउँपालिका–८ ले स्थानीयतहमा रहेको झुम्रा, बर्का, पञ्चेबाजा, कौरार सोरठी, घाटुजस्ता परम्परागत नाचको प्रतिस्पर्धा गराएको छ । संस्कार, संस्कृति र कलाको संरक्षणका लागि पुराना नाचका बीच प्रतिस्पर्धा गराएको वडा अध्यक्ष गोकर्णबहादुर राना मगरले जानकारी दिए । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा पिपरीको झुमरा नाच प्रथम, पिपरीकै घाटु नाच दोस्रो, पिपरीकै पञ्चेबाजा नाच तेस्रो र पिपरीकै कौरा तथा सोरठी नाच सान्त्वना भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here