- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसमृद्ध नेपाल नारा की एजेण्डा ?

समृद्ध नेपाल नारा की एजेण्डा ?

- Advertisement -spot_img

राजनीति गर्नका लागि धेरै विषयवस्तुको मेल खानुपर्छ । राजनीति संसारमा कतै अब्बल बन्यो, कतै बिडम्वना बन्यो । अहिले हाम्रो देश पूर्णरूपमा विगतदेखि हालसम्म सत्तामा जानेहरूले नै वितण्डा मच्याउँछन् । जहिले पनि जनतालाई लोभ, लालच, सौन्दर्य, सुखी, समृद्धका भाषण गर्छन् ।
बास्तवमै भन्नुपर्दा सयौँ वर्षदेखि झुठ्ठा भाषण, झुठ्ठा आश्वासन्, झुठ्ठा सपना देखाएर जसरी पनि समाजका टाठाबाठा धनाड्य, दादा, डन, शक्तिशाली देखिनेहरूले जनताको मतभन्दा बल, तागत, शक्ति, धनधाक, धम्की, त्रास, लोभ लालचबाटै चुनाव विजय गर्ने परम्परा नेपाली संस्कृति बन्यो ।
नेपालको ईतिहासलाई सश्लेषण, विश्लेषण गर्ने हो भने राणाकालिन अवस्थामाा जनतालाई राजतन्त्र कै नेतृत्वमा, काँग्रेसको भाँडमा, कम्युनिष्टको योजनामा त्रिपक्षीय शक्तिका योजना, एजेण्डा जनतामा स्थापित गराएर राणाशासनको अन्त्य गरियो ।
राणा शासनको विरूद्धमा जनतालाई उठाउन, राणाहरूको विरूद्धमा उतार्न, राणाहरूलाई आरोप के लगाईयो ? राणा शासन भनेको जनताको दुश्मन हो । जनताको हितमा राणा शासन छैन । राणाहरू जहानियाँ निरङ्कुशवादी हुन् । राष्ट्रको सम्पत्ति राणा परिवारले मात्र एकाधिकार जमाएर विदेशमा लगेर थुपारेका छन् । राणाहरू देश र जनताका विरोधी हुन् ।
राणाहरूले जनतालाई स्वतन्त्र हुन दिएनन् । लेख्ने, पढ्ने अधिकारबाट वञ्चित गराए । त्यसैले यिनीहरूको शासन अन्त्य नहँुदासम्म देश र जनताको भलो हँुदैन भन्ने साझा भाषण, साझा स्कुलिङ गरियो भने नेपाली काँग्रेसको भित्री दस्तावेज छुट्टै थियो ।
यदि राणाशासनको अन्त्य भयो भने नेपाली काँग्रेसको सत्ता आयो भने प्रजातान्त्रिक समाजवाद, सुखी परिवार, सुखी परिवार, सुखी समाज एउटा परिवारको कल्पना विपीले गरेको, देखेको सपना, राम्रोसँग बस्ने एउटा घर, भात खाने खेत, तेल, गहँु, मकै, अन्य खाद्यान्न फलाउने राम्रो बारी,
दूध दिने एउटा गाई वा भैँसी, शिक्षा आर्जन गर्न पाईने विद्यालय, बिरामी पर्दा हेल्थपोष्टको व्यवस्था, साथमा मनमा लागेको कुरा बोल्न, लेख्न पाईने वहुदलीय संवैधानिक राजतन्त्रात्मक व्यवस्था हुनेछ भनेर जनतालाई स्कुलिङ गरियो ।
कम्युनिष्टहरूले छुट्टै दस्तावेज बनाए । उनीहरूले प्रायः कल्पना माक्र्सवादी, लेनिनवादीसम्मको थियो । उनीहरूलाई स्कुलिङ भाषण, नेपाल, चीन जस्तो हुनेछ । जनताको अधिकार सम्पन्न संविधान, नौलो जनवादी, साम्यवादी शासन अन्तिक लक्ष्य भएको ।
जनताको छोराछोरी अझ त्यसमा सर्वहारा वर्गका जनताले रोजेर, छनौट गरेर पठाएका । जनताको मर्म बुझ्ने क्षमतावाला नेतृत्वको जमात, समूह, सभासदहरूबाट छनौट गरिएको राष्ट्रपति शासन, प्रधानमन्त्री शासन हुने, जनता कोही गरिब हुन नपर्ने, गरिवीको कारण कोही भोकले मर्न नपर्ने, गरिब भएकै कारण शिक्षाबाट बञ्चित हुन नपर्ने, आर्थिक नभएकै कारण बिरामी भएर मर्नु नपर्ने, सबैथोक निःशुल्क देश चीनजस्तो, जनता सम्पूर्ण रोजगारीमूलक हुनेछन् भन्ने स्कुलिङ गरियो । जनता सबै पक्षवाट खुशी भए ।
जनता एक ढिक्का एकमत, कोही काँग्रेस बनेर, कोही कम्युनिष्ट बनेर, कोही राजावादी बनेर, राजा, काँग्रेस, बाम, एकठामको नाराले राणा शासनको अन्त्य भयो ।
नेपालको र नेपाली जनताको सँधै विचौलियाको भूमिका, काली बिराली र सेती बिरालीले बराबरी पाउरोटी तौलेर खाने कथाको नायक, खलनायकको भूमिका भारतले खेलिरह्यो । त्यतिबेलाको राणा शासनको अन्त्य गर्ने सम्झौता पनि भारतको दिल्लीमै गरियो । त्यसपछि नेपालमा २००७ मा प्रजातन्त्र त आयो । तर, नेपाली जनता बाँच्नै गाह्रो भो । सुखसँग, ढुक्कसँग दिनरात बिताउनै गाह्रो भो ।
अलिअलि भएको सम्पत्ति, छोरी, चेलीबेटीको अस्मीता बचाउनै गाह्रो भो । आफ्नो धर्म, संस्कृतिको संरक्षण गर्नै गाह्रो भो । २००७ सालदेखि २०१७ सालसम्म नेपालीहरूको जात्रा भो ।
अति भएपछि राजा त्रिभुवन बिरामी भएर औषधी गर्न (जुरीच) अस्पतालमा गएको समयमा देशमा ठूलो अराजकता मच्चिएपछि त्रिभुवनबाट एउटा कडा निर्देशन एवं चेतावनी स्वरूपको वाणी हुकुम बक्स भयो ।
यदि यस्तै अराजकताबाट देशमा दुःख, कष्टबाट प्राप्त भएको प्रजातन्त्र गुम्न थाल्यो भने हामी (भिटो पावर) प्रयोग गर्न पछि पर्ने छैनौँ भन्ने वाणी बक्सियो । तर छाडातन्त्र, लुटतन्त्र, अराजकताको दलदलामा फसेको, काँग्रेस, कम्युनिष्ट, राजतन्त्र सत्ताबाट बाहिरिएका असन्तुष्ट राणाहरूको बीच खिचडीभन्दा कम भएन ।
देश किचलोमा फसेको देखेपछि राजा महेन्द्रले प्रजातन्त्रको ‘कु’ गरे भनियो, तर ‘कु’ भएन । वास्तवमा राष्ट्रको हितमा थियो । सायद त्यही अवस्था देशमा रहिरहेको भए देश र जनताले कस्तो भोग्नुपथ्र्यो । बिरालोले तर ढुकेजस्तै नेपाल देखेर थुक निल्नेहरूले के गर्दर्थे ? त्यस्तैहरूको ईशारामा उठाईएको बितण्डा देश जनताको हितमा थिएन ।

जनताले तिरेको राजस्व कर राजदरबारमा खर्च भयो । विना कामको, राजा, महाराजा नेपाली जनताले किन पाल्नुप¥यो ? देशमा बहुदल ल्याउनुपर्छ भनेर जनता संघर्षमा होमाइयो । जनताको अगाडि राष्ट्रको ढुकुटी रित्याएर बुथ कब्जा गरेर, जनताको मत भएका बाकस भरीमा जंगलमा, ठूला–ठूला नदीमा फ्याँकिए ।

भोट हाल्न गएका जनता भागाभाग हुँदै घरतिर फर्किए । तर केही लागेन । अन्तिममा जनताको शक्ति अगाडि केही लागेन, बहुदल आयो, प्रजातन्त्र आयो भनियो । जनताको लागि कागलाई बेल पाकेसरी बन्यो ।


राजा महेन्द्रले पञ्चायती शासनको लागू गरे । पञ्चायती शासन निर्दलीय थियो । जनताको हित विपरीत राणा शासनजस्तै थिएन । किनभने पढ्न, लेख्न, सम्पत्ति कमाउन, शान्ति सुरक्षा, राष्ट्रको छवि, सम्मान, कम थिएन । मात्र राजाका रजौटाहरूको बिगबिगी, पञ्चायतको एउटा प्रधान छ भने सन्तानै प्रधान भएर लाटा, सोझा, इमान्दारहरूलाई सताउने गरिन्थ्यो ।
अन्यथा पञ्चायतकालीन राष्ट्रको विकास गर्न, राजनैतिक, भौगोलिक, कानुनको बिकेन्द्रित संरचना युगौँयुगसम्मको लागि उत्तम रहेछ । त्यो शासन पनि फेरी समाजका टाठाबाठा, उनै काँग्रेस, कम्युनिष्टलाई पचेन ।
पुनः दस्तावेज बने । पुनः स्कुलिङ हुनथाले । पञ्चायती शासनलाई पनि आरोप, प्रत्यारोप लगाउन थालियो । आरोप के–के थिए ? निरङकुश एकदलीय शासन, पञ्चेहरूको एकलौटी शासन, देश बन्धकमा राखियो ।
जनताले तिरेको राजस्व कर राजदरबारमा खर्च भयो । विना कामको, राजा, महाराजा नेपाली जनताले किन पाल्नुप¥यो ? देशमा बहुदल ल्याउनुपर्छ भनेर जनता संघर्षमा होमाइयो ।
जनताको अगाडि राष्ट्रको ढुकुटी रित्याएर बुथ कब्जा गरेर, जनताको मत भएका बाकस भरीमा जंगलमा, ठूला–ठूला नदीमा फ्याँकिए । भोट हाल्न गएका जनता भागाभाग हुँदै घरतिर फर्किए ।
तर केही लागेन । अन्तिममा जनताको शक्ति अगाडि केही लागेन, बहुदल आयो, प्रजातन्त्र आयो भनियो । जनताको लागि कागलाई बेल पाकेसरी बन्यो । २००७ सालदेखि २०१७ सालको विकृतिभन्दा कम थिएन ।
फरक यत्ति भयो । देश पूरै काँग्रेसमय भयो । कम्युनिष्ट भन्नेको हालतै भयो । जागीर खानेलाई हालतै गरियो । काँग्रेस भनेका राजाभन्दा माथि बनेर लुट्नसम्म लुटे, दुःख दिनसम्म दिए ।
त्यसपछि फेरी कम्युनिष्ट बढ्यो काँग्रेसको विरूद्धमा, संवैधानिक राजतन्त्रको विरूद्धमा २०५२ देखि जनयुद्ध नै घोषणा भयो । नेपाली जनताले कति आपत पाए ? कति विपत पाए ? कोही अछुतो रहेन । जनयुद्धले कसैलाई बाँकी राखेन ।
जनयुद्धको समयमा राष्ट्रको क्षति कति भयो ? एकीन भएन । कति जिउँदै गाडिए ? कति जिउँदै जलाईए ? कति हालसम्म बेपत्ता छन् ? कतिका शरीर भरी छर्रा छन् ? कति जीवनभर मानसिक रोगी छन् ? कतिको जीवन सडकमा पुग्यो । कतिको सर्वस्वहरण भयो ? कतिका जागिर गए ? कति जोगी बनेर मरे ? कति के–के भयो ? हिसाब भएन ।
त्यस्तो कहालीलाग्दो समय पनि नेपाली जनताले स्विकार ग¥यो । पछि हट्ने, मर्नेको डर मानेन, अहिले नेपालमा जता जाउ एउटा हरियो झार जत्ति गोड्यो उति मौलाउँछ ।
त्यस्तै फैलियो त्यसैले झारको नाम पनि माओवादी झार नै रह्यो । त्यतिबेला पनि जनतालाई गरिने स्कुलिङ के–के थिए ? हाम्रो शासन सत्ता आयो भने शहिद र शहिदको परिवारको उच्च सम्मान हुनेछ । केही भोकै, नाङ्गै, तड्पिनुपर्ने छैन । सम्पूर्ण रोजगारमय हुनेछन् । देश पूरै सिंगापुरभन्दा कम हुनेछैन । भ्रष्टाचार पूरै अन्त्य हुनेछ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यबाट देश पूर्णरूपमा सुखी हुनेछ ।
राजतन्त्रले लुट गरेको राजस्व जनताले उपभोग गर्न पाउनेछन् । अशान्ति भन्ने सुन्नसमेत पर्ने छैन । सिंहदरबारको अधिकार गाउँ–गाउँमा आउने छ । राष्ट्र सुशासनको बाटोमा डो¥याइने छ । हाल पढ्न छाडेर आन्दोलनमा जोडिएकाहरूको समय जोडेर जति योग्यता हुनुपर्ने हो । त्यही योग्यताको मापन गरिने छ । सर्वहरा, लम्पटका दिन त झन कल्पना, सपना भन्दामाथि हुनेछ ।
देशमा आन्दोलन भन्ने देख्नु, सुन्नु, भोग्नुपर्ने छैन । यिनै सपना स्कुलिङ थिए । २०५१ सालको मध्यावधिदेखि २०६२÷०६३ सम्म ९ महिने, १ वर्षे, १५ महिने सरकार ढाल्ने, टेकाउने खेलबाट र राजतन्त्रभित्रको कलहबाट आजित जनतालाई भएका भाषण, स्कुलिङबाट जनता माहुरी, अरिङ्गाल, बारूलो सरी बनेर जनसागर उर्लेर आयो ।
जनताको अगाडि कसैको केही लागेन त्यसपछि जनतामा खुशीको सीमा रहेन । जनयुद्धका कमाण्डर दरबार छिरे, दरबारका सडकमा पुगे । किसिम र अच्चमको इतिहास नेपालमा कोरियो । एक÷दुई वर्ष त प्रशंसामै बिते, त्यसपछि नेपाली जनताका ग्रह सुरू भए । सरकार गिराउने, ठड्याउने, सांसद किनबेच हुने, भ्रष्टाचार माओवादी झार झैँ मौलायो । हत्या हिंसा, काटमार, मान्छे कुकुर बनाईए ।
कता गए सपना ? कता गए बेपत्ता ? ती बिचरा जनता धुलोमा धुलीरम, हिलिरम, डुबान, बाढी, पहिरो भूकम्पमा पर्दा नेता एक किलोमिटर टाढा देखिन्छन् । टिभीमा देखिन्छन् । हुँदा–हुँदा अतिचार पछि बामपन्थीको एकता फेरी जनतालाई आशा पलायो । बलियो शक्तिशाली सरकार बन्छ । त्यसैमा पनि कम्युनिष्टको बन्छ । जनता उल्र्यो ।
देशमा बामपन्थीको एकतापछि चुनावमा बहुमत ल्याएपछिको थेगो, नारा, भाषण (समृद्ध नेपाल, सुखी नेपाली) देश र जनता आजित छन् । शान्ति छैन, अराजकताले सीमा नाघ्यो, युवा शक्ति ८० प्रतिशत विदेश पलायन भयो ।
गाउँबस्तीमा मर्दापर्दा मुखमा रगत भाको एउटा युवा छैन । अलि–अलि भएका श्रीमान विदेश जानेका बेलन राँगाजस्ता भएर काम चलाउमा दुनियाँ विकृति फैलिएको छ । गर्भपतनको अस्पतालमा लाईन हुन्छ । पार्टी, मान्छे, नेता पिच्छेका गुट, उपगुट छन् । अनुशासन छैन ।
वडादेखि नेपालसम्म राजैराजा, भत्तैभत्ता, चुनाव त आयोग लडेर आएको जस्तो स्थायी कर्मचारीभन्दा बलिया । प्रमुख अतिथि हुन नपाए त्यता फर्किएर नहेर्ने, मिठो नास्ता, कमिशन, नदिने सबै विपक्षी, त्यस्तै हो ?
सिंगापुर यस्तैबाट बन्छ ? सुखी नेपाली यी सबै जनता ठग्ने नारा, भाषण गर्ने एजेण्डा मात्र हुन् ? कि जनताले गरेको बलिदानी गुम्ने हो ? सच्चा ईमान्दार देश भक्तहरूलाई चिन्ता लाग्नु स्वभाविकै होकी ?

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here