- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरबालमन्दिर विशेष विद्यालय बन्दै

बालमन्दिर विशेष विद्यालय बन्दै

- Advertisement -spot_img

घोराही, १८ कात्तिक । दाङको बालमन्दिर प्रावि विशेष आवासीय विद्यालयको रूपमा विकास हुने भएको छ । अपाङ्गता भएका बालबालिकाका लागि सातै प्रदेशमा एक विशेष आवासीय विद्यालय बन्ने भएपनि दाङको बालमन्दिर पनि विशेष विद्यालय बन्ने भएको हो । दाङको घोराहीमा रहेको बालमन्दिर आधारभूत विद्यालयसँगै अन्य सातै प्रदेशमा विशेष आवासीय विद्यालय बन्ने भएका हुन् ।
बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीले प्रदेश नम्बर ५ कै नमुना विशेष विद्यालय बनाउने गुरूयोजना बन्दै गरेको जानकारी दिए । विद्यालय बनाउनका लागि अहिले नक्सा निर्माणका निम्ती इन्जिनियरलाई जिम्मा दिइएको उनले बताए ।
नक्सा बनेलगत्तै नगरपालिकासँग स्विकृती लिएर टेण्डर प्रक्रिया अघि बढाइने उनको भनाई छ । नमुना भवन बनाउन शिक्षा मन्त्रालयले प्रदेश नम्बर ५ मा दाङको घोराहीमा रहेको बालमन्दिर आधारभूत विद्यालयसँगै प्रदेश १ मा झापाको सरस्वती मावि, २ मा धनुषाको सार्वजनिक मावि, ३ मा काभ्रेको आदर्श बालविकास, गण्डकी प्रदेशमा गोरखाको मनकामना बहिरा मावि, कर्णाली प्रदेशमा सुर्खेतको सिद्ध बहिरा विद्यालय र सुदूरपश्चिम प्रदेशमा कैलालीको राष्ट्रिय माविलाई छानेको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले परिभाषा गरेका १० किसिमका अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी यस्ता विद्यालय बनाउन लागिएको हो । विद्यालय बनेपछि शारीरिक अपाङ्गताका साथै हेराइ, बोलाइ, सुनाइसम्बन्धी समस्या भएका बालबालिकाले पनि सहज अध्ययनको अवसर पाउने छन् ।
मानसिक वा मनोसामाजिक, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव हेमोफिलिया, अटिज्मसम्बन्धी र बहुअपाङ्गता भएकाहरूका लागि पनि उपयुक्त हुने गरी विद्यालय बनाइने भएका छन् ।
विद्यालयले बनाएको गुरूयोजना स्थानीय तहबाट स्वीकृत भएपछि यो कार्यक्रम सुरू हुनेछ । छनोटमा परेका विद्यालयलाई सरकारले अघिल्लो वर्ष एक–एक करोड रूपैयाँ दिएको छ भने यो वर्ष पनि त्यत्ति नै विनियोजन गरेको छ । स्थानीय नगरपालिका र गाउँपालिकाको समन्वयमा अत्याधुनिक भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन डिपीआर निर्माण प्रक्रिया अघि बढेको छ । कम्तीमा ७ करोड रूपैयाँ लागतको भवन निर्माण हुनेछ ।
प्रत्येक विद्यालयले दुई सय विद्यार्थीका निम्ति आवास छात्रावास, पढ्ने विद्यालय भवन बनाउनुपर्नेछ । न्यूनतम १० कोठाको दुईतले भवन हुनेछ । त्यसका अतिरिक्त चार ब्लक रहने छन् । ती ब्लकमा परामर्श कक्ष, डार्क रूम अँध्यारो कक्ष, साउन्ड प्रुफ रूम आवाज नसुनिने कक्ष समेत रहनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here