- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरकिसानलाई उन्नत जातको गहुँ

किसानलाई उन्नत जातको गहुँ

- Advertisement -spot_img

तुलसीपुर, १८ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखाले आइतबार किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । शाखाले आइतबार ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरेको हो ।
उपमहानगरको ५० प्रतिशत अनुदानमा किसानलाई प्रतिकेजी ३२ रूपैयाँ ५० पैसामा गहुँको बीउ वितरण शुरू गरिएको कृषि शाखा अधिकृत कुलराज चौधरीले जानकारी दिए ।
‘गहुँको बीउ अनुदानमा लैजानका लागि किसानसँग यसअघि माग संकलन गरेका थियौँ र अहिले किसानकै माग बमोजिम बीउ वितरण गरिरहेका छौँ’ उनले भने– ‘तर किसानको माग बढी नै छ, माग अनुसार सबैलाई उपलब्ध गराउन नसकिने भएको छ ।’ उपमहानगरको बजेट पनि थोरै भएका कारण अहिले ३९ क्विन्टल मात्र उपलब्ध गराउन सक्ने उनले बताए ।
‘किसानले ५५ क्विन्टलभन्दा बढी माग गरेका छन्, तर अहिले ३९ क्विन्टलमात्र उपलब्ध गराउन सक्ने छौँ ।’ उनले भने– ‘अहिले २० कठ्ठाभन्दा माथि आवश्यक बीउ उपलब्ध गराउन सक्ने छैनौँ ।’
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक माधव वलीले किसानलाई बीउ वितरण गर्दै उत्पादन किसानलाई व्यवसायीक गहुँ उत्पादन गर्न आग्रह गरे ।
‘किसानहरू व्यवसायीक बन्नुहोस्, उपमहानगरपालिकाबाट हुनसक्ने सहयोग हामी गर्छौ’ उनले भने– ‘अहिले गहुँको बीउ अनुदानमा लैजानुहोस् र सिजन अनुसारको बीउबिजन हामी उपलब्ध गराउने छौँ ।’ कृषिबाट मात्रै आर्थिक विकास हुनसक्ने भन्दै कृषि उत्पादन बढाउन किसानलाई उन्नत जातको गहुँको बीउ अनुदानमा वितरण गरिएको बताए ।
गहुँको बीउ अनुदानमा पाएपछि किसानहरू पनि खुशी भएका छन् । अनुदानमा गहुँको बीउ वितरण भएपछि कृषिमा लागेकाहरूलाई थप राहत मिलेको तुलसीपुर उपमहानगरपालिका–१ पवननगरका हुमाकान्त सापकोटाले प्रतिक्रिया दिए ।
‘गहुँको बीउमात्र होइन्, कृषिजन्य हरेक सामग्री अनुदानमा दिनुपर्छ’ उनले भने– ‘अनि त्यतिमात्र नभएर कृषिजन्य सामग्रीको बजारीकरणमा पनि स्थानीय सरकारले भूमिका खेल्नुपर्छ ।’
कृषि शाखाले बिजय, आदित्य, गौतम, बानगंगा जातको गहुँ वितरण गरेको हो । सामान्य किसानले पनि बीउ पाउन सकोस् भनेर ८० केजीसम्म मात्र बीउ दिन लागिएको शाखा अधिकृत चौधरीले बताए ।
उपमहानगरमा गहुँको बीउको माग अत्याधिक रहेको भन्दै उनले माग अनुसार किसानलाई गहुँको बीउ पु¥याउन हम्मे–हम्मे परेको बताए । किसानलाई अहिले वितरण गर्न लागिएको ३९ क्विन्टल बीउले ४८ बिगाह क्षेत्रफल ओगट्ने उनको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here