- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरबिना लाईसेन्स अटो चलाउन रोक

बिना लाईसेन्स अटो चलाउन रोक

- Advertisement -spot_img

घोराही, १८ कार्तिक । दाङमा चालक अनुमती पत्र विना चलाईएका अटो तथा इ–रिक्सा सञ्चालनमा रोक लगाईएको छ । चालक अनुमती पत्र लाईसेन्स बिना कुनै पनि सवारीका साधन सञ्चालन गर्न नपाईने र दुर्घटना बढ्न थालेपछि विभिन्न सरोकारवालाहरूको छलफलबाट त्यस्ता अटोहरूलाई सञ्चालनमा रोक लगाईएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ सय ५० बढी अटो रिक्साहरूलाई तीन दिन पहिले नियन्त्रणमा लिएको थियो । ती अटो रिक्साहरू चालकको जिम्मा लगाउने र लाईसेन्स प्राप्त गरेपछि मात्रै चलाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा भएको छलफलमा लाईसेन्ससँगै अनिवार्य यातायात र प्रालिमा दर्ता हुनुपर्ने निर्णय भएको छ ।
त्यसैगरी, सिट क्षमताभन्दा धेरै यात्रु नबोक्ने, पार्किङ स्थलभन्दा अन्यत्र पार्किङ नगर्ने, अटोमा देखिने गरी भाडासूचि टाँस्ने, तोकिएको गतिमा कुदाउने र त्यस बिपरीत चलेको पाइए ट्राफिक नियम अनुसार कारवाही गर्ने निर्णय भएको छ । साथै विमा नगरेका अटो रिक्साहरूलाई यातायात व्यवस्था कार्यालयले दर्ता नगर्ने तथा रूट परमिट नदिने समेत निर्णय भएको ट्राफिक प्रमुख प्रेम रेग्मीले जानकारी दिए ।
अटो चालकहरूलाई लाईसेन्स प्राप्तीको प्रक्रियामा आउनका लागि प्रत्येक साताको आइतबारदेखि बुधबारसम्म फाराम खुल्ला गर्ने र ४० जना बढी भए लिखित परीक्षा गरिने यातायात व्यवस्था कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।
कार्यालयमा ४ हजार बढी अटो रिक्साहरू दर्ता भएका र २५ प्रतिशतले लाईसेन्स प्राप्त गरेका छन् । छलफलमा जनप्रतिनिधि, सुरक्षा निकाय, अटो व्यवसायी, उद्योग वाणिज्य संघका पदाधिकारीसहित पत्रकारहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here