- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयनिर्वाचन चहलपहल

निर्वाचन चहलपहल

- Advertisement -spot_img

दाङसहित केही जिल्लाहरुमा अहिले उपनिर्वाचनको चहलपहल सुरु भएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै यसको चहलपहल पनि सुरु भएको हो । राजनीतिक दलहरु उम्मेदवार छनोटमा पुगेको छन् भने निर्वाचन आयोग निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म स्थापना भइसकेको छन् ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि दाङमा सबै क्षेत्रबाट चहलपहल बढी नै छ । जिल्लाका दुई स्थान प्रदेश ३ (२) र घोराही १६ मा उपनिर्वाचन हुने भएपनि पूरै जिल्लालाई नै यो निर्वाचनले तताई सकेको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेसँगै दाङमा हुने उपनिर्वाचनका लागि राजनीतिक सरगर्मी बढेको छ ।
निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । लोकतन्त्रको स्थायीत्वका लागि निष्पक्ष निर्वाचन आवश्यक हुन्छ । जनताले आफ्ना प्रतिनिधिको छनोट गर्ने प्रद्धति पनि यही नै हो । तर निर्वाचनको नाममा नकारात्मक कार्यले बढवा पाइरहेका हुन्छन्  । यस्ता कार्यलाई नियमन र निस्तेज गरिनुपर्छ । लोकतान्त्रिक प्रद्धतिको सबैले सम्मान गर्नुपर्छ ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा देशभर ५० पदका लागि निर्वाचन हुँदैछ । दाङका दुई पदमा उपनिर्वाचन हुन लागेको छ । प्रदेश सदस्यको लागि एउटा र वडा अध्यक्षको लागि एक पदका लागि निर्वाचन हुँदैछ ।
दाङ क्षेत्र नं. ३ (२) र घोराही उपमहानगरपालिका वडा नं. १६ मा उपनिर्वाचन हुँदैछ । प्रदेश सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा परी मृत्यु भएपछि दाङ ३ (२) रिक्त रहेको छ भने घोरही–१६ का वडा अध्यक्ष लक्षिण बुढाको रोगका कारण मृत्यु भएपछि १६ नं. वडा अध्यक्षविहीन छ ।
जिल्लामा हुने दुई पदको निर्वाचनका लागि अहिले राजनीतिक सरगर्मी पनि त्यतिकै बाक्लो बन्नु स्वभाविक नै छ । त्यस्ता सरकर्मीहरु बढ्नुपर्छ तर गलत रुपमा र नकारात्मक सन्देश दिने गरी हुने गतिविधिको भने अन्त्य हुनुपर्छ ।
प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ । स्वस्थ्य रुपमा हुने प्रतिस्पर्धाले नै सबैको मन जित्ने हो । केही चुनावहरुमा देखिने गरेको धाँधली, हुलहुज्जत गरेर आफ्नो पक्षमा परिणाम ल्याउन खोज्नेहरुलाई आयोगले नियमन गर्नसकेमा निर्वाचनको गरिमा पनि बढ्ने छ । निर्वाचनमा प्रतिस्पर्धा राजनीतिक दलहरुबीच नै हुने हो ।
त्यो राजनीतिक दलले पनि बुझ्न सके निर्वाचन आफैमा निष्पक्ष र स्वच्छ बन्न सक्छ । सुरु भएको यो चुनावी चहलपहल सबै यी कुरालाई पनि आत्मसात गर्दै जान सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here