- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरउम्मेदवार छनोटमा सकस

उम्मेदवार छनोटमा सकस

- Advertisement -spot_img

दाङ, १७ कार्तिक । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि दाङका दलहरूमा उम्मेदवार छनोटमै सकस देखिएको छ । ठूला राजनीतिक दलहरू नेकपा र नेपाली काँग्रेसमा उम्मेदवार छनोटमा सकस देखिएको छ भने साना राजनीतिक दलहरूले लगभग उम्मेदवार टुङ्ग्याई सकेका छन् ।
दाङ निर्वाचन क्षेत्र नं ३ (२) मा उपनिर्वाचन हुँदैछ । तत्कालिन प्रदेश सभा सदस्य उत्तर कुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । उपनिर्वाचनमा नेकपाले ओली पत्नी विमला ओली, नेकपाका पुराना नेता शोभाराम बस्नेत र चूर्णबहादुर वलीको नाम उम्मेदवारलाई सिफारिस गरेको छ । नेकपाबाट विमला ओली र शोभाराम बस्नेत उम्मेदवारका लागि अलि बढी चर्चामा छन् ।
नेपाली काँग्रेसले सहजरूपमा उम्मेदवार सिफारिस गर्न नसकेपछि १४ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । काँग्रेसले जिल्ला सचिव शंकर डाँगी, क्षेत्रीय सभापति जगत बहादुर खड्का, काँग्रेसका पुराना नेता केशव आचार्य, खिमप्रसाद खराल, क्षेत्रीय सचिव चूडामणि ढकाल, तरूण दलका जिल्ला अध्यक्ष टिकाबहादुर घर्ती, यातायात व्यवसायी सुरेश हमाललगायत १४ जनाको नाम सिफारिस गरेको छ ।
नेकपाले १७ गते उम्मेदवार सार्वजनिक गरिने तयारी गरेको जिल्ला अध्यक्ष टिकाराम खड्काले बताए । उनले जिल्लाले सिफारिस गरेर पठाइसकेको र केन्द्रले निर्णय गर्न बाँकी रहेको बताए । काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले उम्मेदवारको टुङ्गो नलागेको र आइतबारसम्ममा टुङ्गिने बताए ।
दाङमा एक प्रदेश सदस्य र एक वडा अध्यक्षको लागि निर्वाचन हुँदैछ । ठूला दुई राजनीतिक दलले आफ्ना उम्मेदवार टुङ्ग्याउन ढिला गरिरहेका बेला जिल्लामा क्रियाशील साना राजनीतिक दलले भने आफ्ना उम्मेदवारहरूलाई सार्वजनिक गरिरहेका छन् । संघीय समाजवादी फोरम, राप्रपा, साझा पार्टीले उम्मेदवारको टुङ्गो लगाईसकेका छन् । समाजवादीले डिल्ली डाँगीलाई उम्मेदवार बनाएको छ भने राप्रपाले भूपाल रावतलाई अघि सारेको छ । साझाले शिवकुमार चौधरीलाई उम्मेदवार बनाएको छ ।
घोराही उपमहानगरपालिका वडा नं १६को वडा अध्यक्षका लागि भने कुनै पनि दलले उम्मेदवार सार्वजनिक गरेका छैनन् । जिल्लास्तरबाटै उम्मेदवार टुङ्ग्याइने भए पनि अझ छनोट हुन सकेका छैनन् । चुनावी तयारीमा निर्वाचन कार्यालय लागिरहेको जनाएको छ । ३ (२) मा ४५ हजार मतदाता रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here