Saturday, April 13, 2024
Homeमुख्य खबरसाझा पार्टीको उम्मेदवार घोषणा

साझा पार्टीको उम्मेदवार घोषणा

- Advertisement -spot_img

दाङ, १७ कार्तिक । साझा पार्टी दाङले आगामी १४ गते हुने उपनिर्वाचनका लागि दाङ क्षेत्र नम्बर ३ को (२) मा उम्मेदवारीको घोषणा गरेको छ । साझा पार्टीले सामाजिक अभियान्ता शिवकुमार चौधरीलाई दाङ क्षेत्र नम्बर ३ (२) को प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
विगत लामो समयदेखि सामाजिक अभियान्ताको रूपमा सक्रिय चौधरीले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नात्तकोत्तर गरेका छन् ।
चौधरीले आफू निर्वाचित भएको खण्डमा खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, बालबालिकाहरूका लागि पार्कहरूको निर्माण, बृद्धबृद्धाहरूलाई विश्राम लिने र मनोरञ्जन लिने ठाउँ, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थाका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान प्रतिवद्धता व्यक्त गरेका छन् ।
साझा पार्टीले यसअघि पार्टीले कास्कीको निर्वाचन क्षेत्र नं. २ र भक्तपुर क्षेत्र नं. १ को प्रदेश (१) मा उम्मेदवार घोषणा गरिसकेको छ । पार्टीले चुनाव आफ्नो पक्षमा पार्नका लागि चुनावी गतिविधिलाई सक्रियसमेत बनाउँदै गएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here