- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरघुम्न जाउँ तुलसीपुरका अभियान्तालाई सम्मान

घुम्न जाउँ तुलसीपुरका अभियान्तालाई सम्मान

- Advertisement -spot_img

तुलसीपुर, १७ कार्तिक । घुम्न जाउँ तुलसीपुरका अभियान्ताहरूलाई तुलसीपुरमा सम्मान गरिएको छ । पर्यटन वर्ष २०२० अन्तर्गत दाङको प्रचारप्रसारका लागि विभिन्न जिल्लाको भ्रमण गरी फर्किएका अभियान्ताहरूलाई शनिबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरिएको हो ।
जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि गत असोज २४ गते तुलसीपुरबाट अभियान सुरू गरेका अभियान्ताद्वय बसन्त भण्डारी र मनराज पुरीलाई झुलेनी सेवा समाजले सम्मान गरेको हो ।
समाजका अध्यक्ष गोविन्दराज भण्डारीको अध्यक्षता तथा वडा नं १ का वडा अध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यता एवं धनन्जय गोत्रीय भण्डारी समाजका केन्द्रीय सचिव नारायणप्रसाद भण्डारीको विशिष्ट आतिथ्यतामा उनीहरूलाई सम्मान गरिएको हो ।
उक्त अवसरमा बोल्दै अभियान्ता बसन्त भण्डारीले जिल्लामा रहेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्दै ५४ जिल्लाको भ्रमण गरिसकेको बताए । जिल्ला धार्मिक, सामाजिक, प्राकृतिक र भौतिक संरचनाले भरिपूर्ण भएको भन्दै यसक्षेत्रको प्रचारका लागि तुलसीपुरबाट यो अभियान सुरू गरिएको उनले बताए ।
आफूले भ्रमण गरेका हरेक स्थानहरूमा यहाँका पर्यटकीय स्थलहरूको तस्विर, महत्व र ऐतिहासिक विषयवस्तुलाई समावेश गरिएका पम्पलेट, पर्चालगायतका विभिन्न सामग्रीहरू समेत प्रदर्शन गर्दै पर्यटकीय स्थलहरूको बारेमा जानकारी दिएको उनले बताए ।
उनीहरू करिव १७ दिनको अवधिमा ३ हजार ४ सय ५२.४ किलोमीटर लामो दूरीको भ्रमण गरी गत कार्तिक १० गते आफूहरू तुलसीपुर फर्किएका हुन् । भ्रमणका क्रममा भेटिएका महत्वपूर्ण ऐतिहासिक, पर्यटकीय स्थलहरूको प्रर्वद्धनका लागि उनीहरूले एक हजारभन्दा बढी तस्विर र केही थान भिडियो सामग्रीहरूसमेत संकलन गरेका छन् ।
संकलन गरिएका सामग्रीहरूलाई नेपाल पर्यटन बोर्डमा बुझाउने तयारी रहेको उनले जानकारी दिए । संस्थाका उपाध्यक्ष डिल्ली भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव दुर्गाप्रसाद भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here