- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरप्लाज्माको बारेमा जानकारी

प्लाज्माको बारेमा जानकारी

- Advertisement -spot_img

घोराही, १७ कार्तिक । विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्र नेपालले प्लाज्माको बारेमा जानकारी गराएको छ । केन्द्रले घोराहीमा एक कार्यक्रमको आयोजना गरेर जानकारी गराएको हो । कार्यक्रममा विज्ञानमा सामान्यतः ठोस, तरल, ग्याँसलाई पदार्थका बारेमा जानकारी दिएको थियो ।
लक्जेम्बर्गमा विद्यावारिधि गरिरहेका दाङका युवा वैज्ञानिक किशोर आचार्यले प्लाज्माको बारेमा जानकारी दिदै विज्ञानमा ठोस, तरल, ग्याँसलाई तीन अंग मानिए पनि यी तीनवटै अंगसँग सम्बन्धित प्लाज्मा चौथो अंग भएकाले भौतिक विज्ञानमा यसको धेरै महत्व रहेको बताएका थिए । सूर्य पनि प्लाज्माकै सहायताबाट चलेकाले यसकै प्रयोग गरेर लामो समयदेखि वैज्ञानिकहरू पृथ्वीमै कृत्रिम सूर्य बनाउन लागिपरेको बताए ।
पृथ्वीमै सानो सूर्य बन्नसके उर्जाका लागि नयाँ आविष्कार हुने पनि उनको भनाई थियो । पदार्थको सबैभन्दा सानो अंश अणु भएको उल्लेख गर्दै हरेक अणुमा प्लाज्मा रहने र प्लाज्मामै कारण तारा जन्मने, हुर्कने र मर्ने गरेको बताए ।
यसमा आयनहरूको ग्याँस, ओर्बिटल इलेक्ट्रोनहरू हराएका परमाणुहरू र स्वच्छन्द इलेक्ट्रोनहरू हुने जानकारी गराए । तटस्थ ग्याँसलाई तताएर वा मजबुत इलेक्ट्रोम्याग्नेटिक क्षेत्रमा राखेर प्लाज्मालाई कृत्रिम तवरले बनाउन सकिने उनले बताए ।
संस्थाका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतम, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, घोराही १५ का अध्यक्ष रमेश पाण्डेलगायतले शुभकामना दिएका थिए । रिचा बुढाथोकीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा संस्थाका सदस्य नरेश रेग्मीले विषयवस्तु प्रवेश गराएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here