Tuesday, March 26, 2024
Homeफिचरविद्युत महशुल उठाउन सकस

विद्युत महशुल उठाउन सकस

- Advertisement -spot_img

तुलसीपुर, १६ कार्तिक । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा वषौँदेखि विद्युत महशुल बक्यौता रहेको छ । ग्राहकले विद्युत प्रयोग गर्ने तर महशुल समयमै नबुझाउँदा प्राधिकरण केन्द्र तुलसीपुर वितरण केन्द्रमा चार करोड बढी बक्यौता रहेको छ ।
वितरण केन्द्र तुलसीपुर शाखामा कार्तिक ८ गतेसम्मको तथ्याङ्कमा ४ करोड १० लाख ४५ हजार ६ सय ९० विद्युत महशुल उठ्न बाँकी रहेको छ । प्राधिकरणका अनुसार तुलसीपुर वितरण केन्द्रमा १० हजार ९ सय ३५ ग्राहकले समयमै विद्युतम महशुल बुझाएका छैनन् । वितरण केन्द्रले लामो समयदेखिको विद्युत महशुल उठाउन नसकेको देखिएको हो ।

विद्युत महशुल बुझाउन बाँकी रहेका कतिपय उद्योग बन्दसमेत भइसकेका छन् भने कतिपय व्यक्तिहरू पनि बसाई सरेर अन्यत्र गइसकेका छन् । उद्योगहरू बन्द भइसकेको अवस्थामा विद्युत महशुल उठाउन सकस परेको छ ।

केन्द्रमा आथिक वर्ष २०७३÷०७४ देखिको विद्युत महशुल बक्यौता रहेको केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए । ‘कार्यालयमा तीनवर्ष अघिदेखिको बक्यौता छ, म कार्यालयमा आएको धेरै पनि भएको छैन्,
उनले भने–‘अब लगत्तै कडाइका साथ जाँदैछौँ, महशुल समयमै नबुझाउने ग्राहकको लाइन काट्ने सम्मका योजना बनाएका छौँ ।’ कार्यालयको तथ्याङ्क अनुसार ३ रूपैयाँदेखि २६ लाखसम्म बक्यौता रकम रहेको देखिएको छ ।

महशुल नबुझाउने को–को ?

विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा विद्युतको महशुल समयमै नबुझाउने सरकारी कार्यालयदेखि विभिन्न निजी उद्योगहरू रहेका छन् । प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरअन्तर्गत समयमै विद्युतको महशुल नबुझाउने तुलसीपुर उपमहानगरपालिकाको सबैभन्दा धेरै रहेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले सडक बत्ती वाफतको २६ लाखभन्दा बढी महशुल बुझाउन बाँकी रहेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए ।
‘उपमहानगरपालिकाकै महशुल धेरै देखिएको छ, उपमहानगर र विद्युतबीच दोहोरो सम्झौता भएका कारण पनि कारवाही नै गर्न मिल्दैन’ उनले भने– ‘विद्युत प्राधिकरणले विद्युतको पोल राखेबाफतको शुल्क उपमहानगरपालिकालाई बुझाउनु पर्छ, उपमहानगरले सडक बत्तीबाफतको महशुल प्राधिकरणलाई बुझाउनुपर्छ ।’ विद्युत महशुल समयमै नबुझाउने अन्य विभिन्न व्यक्ति तथा विभिन्न उद्योगहरू रहेको देखिएको छ ।
विद्युत महशुल बुझाउन बाँकी रहेका कतिपय उद्योग बन्दसमेत भइसकेका छन् भने कतिपय व्यक्तिहरू पनि बसाई सरेर अन्यत्र गइसकेका छन् । उद्योगहरू बन्द भइसकेको अवस्थामा विद्युत महशुल उठाउन सकस परेको कार्यालय प्रमुख लामिछानेले बताए ।
‘महशुल बुझाउने व्यक्तिहरू नै छैन्, हामीलाई ति व्यक्ति तथा उद्योगको खोजी गर्न समस्या भएको छ’ उनले भने– ‘हाम्रो प्रयासले मात्रै सम्भव देखिँदैन् ।
विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुर शाखाअन्तर्गत समयमै विद्युत महशुल नबुझाउने ४५ ग्राहक कालोसूचिमा परेका छन् । महशुल बुझाउन पटक–पटक ताकेता गर्दा पनि विद्युत महशुल लामो समयसम्म नबुझाउने ४५ ग्राहक कालोसूचिमा परेको वितरण केन्द्र तुलसीपुरका प्रमुख लामिछानेले बताए ।
‘कालोसूचिमा परेका ग्राहकले तीन पूस्तासम्म विद्युत उपभोग गर्न पाउँदैन्’, उनले भने– ‘विद्युत महशुल समयमै नबुझाउने ग्राहक कालोसूचिमा रहेका छन् ।’
केन्द्रको कालोसूचिमा पर्ने ग्राहकहरूबाट १७ लाख बढी महशुल उठाउन बाँकी रहेको छ । ‘कालोसूचिमा पर्ने ग्राहक नेपालैभर नाम विवरण एकैसाथ हेर्न सकिने सफ्टवेयरको विकास हुन सकेको छैन्’ उनले भने– ‘कालोसूचिमा पर्ने ग्राहकले तीन पुस्तासम्म विद्युत उपभोग गर्न नपाउने भएपनि प्रभावकारी हुन सकिरहेको छैन् । ’

जनशक्तिको अभाव

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा वर्षेनी १० हजारदेखि १५ हजार बढी नयाँ ग्राहक थपिने गरेका छन् तर जनशक्ति अहिले पनि पहिलैकै हुँदा सेवाको गुणस्तरमा बढ्न सकेको छैन् । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुर वितरण केन्द्रमा अहिले ३७ जना कर्मचारी कार्यरत रहेका छन्् ।
कार्यालयमा बढ्दै गएको ग्राहकको संख्या अनुसार अहिले कम्तीमा ६७ जना ग्राहकको आवश्यकता पर्ने भएपनि कर्मचारी अपुग हुँदा सेवाको गुणस्तर बढाउन समस्या रहेको कार्यालय प्रमुख लामिछानेले बताए । केन्द्रका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा करिब १५ हजार ग्राहक भएको समयकै जनशक्ति भएको उनले बताए ।

अनलाईन प्रयोगकर्ता बढेनन्

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत महशुल अनलाईनबाटै बुझाउन सकिने व्यवस्था गरेको करिब दुई वर्ष हुन लागेको छ तर अनलाईनबाट विद्युत महशुल बुझाउने प्रयोगकर्ता बढ्न सकेका छैनन् ।
ग्राहकको सहजताका लागि अनलाईनबाटै भुक्तानी गर्ने व्यवस्था गरेपनि कार्यालयमै आएर महशुल बुझाउन आउने ग्राहकको संख्या कमि नआएको वितरण केन्द्र प्रमुख लामिछानेले बताए ।
‘अनलाईनबाट भुक्तानी ग्राहकको संख्या बढाउन सकियो भने हामीहरूलाई केही सहज हुन्थ्यो होला तर अनलाईनप्रति ग्राहकको विश्वास बढ्न सकिरहेको छैन् ।’ वितरण केन्द्र तुलसीपुरमा अहिले दैनिक ६० देखि ७० जना ग्राहकले मात्रै अनलाईनबाट भुक्तानी गर्ने गरेको उनले बताए ।
‘यहाँ अहिले दैनिक कम्तीमा पनि पाँच सयभन्दा बढी ग्राहकले अनलाइनबाट भुक्तानी गर्न थालेपछि कार्यालयमा देखिने चाप कमी हुन सक्थ्यो कि भन्ने लाग्छ’ उनले भने–‘कतिपय ग्राहक त अनलाईनबारे जानकारी हुँदाहुँदै पनि प्रयोगमा चासो नदिने गरेको समेत पाइएको छ ।’

ग्राहक आफैले गर्छन् मिटर रिडिङ

केन्द्रमा पछिल्लो समयको तथ्याङ्क अनुसार ४३ हजार ग्राहक पुगेका छन् । जनशक्ति अभाव हुँदा मिटर रिडिङ गर्न समस्यासमेत रहेको प्रमुख लामिछानेले बताए । ‘ग्राहककै भरमा महशुल लिने गरेका छौँ, सबै कतिपय ठाउँमा स्थानीयलाई नै प्रतिमिटर रिडिङवाफत ६/७ रूपैयाँ दिएर ज्यालादारीमा काम चलाएका छौँ’ उनले भने– ‘अझ त्यो पनि सम्भव भएको छैन्, अधिकांश ग्रामीण क्षेत्रका ग्राहकले आफै मिटर रिडिङ गरेर ल्याउने गरेका छन् ।’
वितरण केन्द्र तुलसीपुरमा अहिले ६ जना स्थायी र २ जना ज्यालादारीमा गरेर ८ जना रिडर कर्मचारी रहेको प्रमुख लामिछानेले बताए । उनका अनुसार एकजना रिडरले १ हजार ५ सय देखि २ हजारसम्म मिटर रिडिङ गर्ने गरेका छन् । केन्द्रमा अहिले २० हजार ग्राहकको मात्र वास्तविक रिडिङ हुने गरेको उनले बताए । बाँकी करिब २३ हजार ग्राहकले आफै मिटर रिडिङ गर्ने गरेको देखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here