- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरबंगलाचुलीमा १५ शै्ययाको अस्पताल

बंगलाचुलीमा १५ शै्ययाको अस्पताल

- Advertisement -spot_img

कमिरेचौर, १६ कार्तिक । बंगलाचुली गाउँपालिकामा विषेशज्ञ सेवासहितको १५ शै्ययाको अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ । गाउँपालिकामा अस्पताल सञ्चालनमा आएसँगै स्थानीयलाई स्वास्थ्य सेवामा सहजता थपिएको छ ।
१५ शै्ययाको अस्पतालमा एक जना मेडिकल अधिकृत, एकजना ल्याव टेक्निसियन र एकजना रेडियोग्राफर बंगलाचुली गाउँपालिकाको आफ्नै श्रोतमा राखेर सेवा प्रवाह गरिएको बंगलाचुली गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीले जानकारी दिए । अस्पताल सञ्चालनमा आएसँगै नागरिकलाई स्वास्थ्य सेवा लिन सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।
यसैबीच अस्पतालको शुुक्रबार प्रदेश नम्बर ५ का सांसद अमरबहादुर डाँगीले उद्घाटन गरेका छन् । अस्पतालको उद्घाटन गर्दै सांसद डाँगीले जनातालाई सहजरूपमा स्वास्थ्य सेवा पु¥याउनका लागि वर्तमान सरकारले जनताको हरेक पक्षमा काम गर्दै अघि बढेको बताए । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीको अध्यक्षता तथा प्रदेश सांसद डाँगीको प्रमुख आतिथ्यतामा अस्पतालको उद्घाटन गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here