- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरतुलसीपुरमै च्याउको बीउ उत्पादन

तुलसीपुरमै च्याउको बीउ उत्पादन

- Advertisement -spot_img

प्रयोगविहीन अवस्थामा रहेको सुख्खा र बाँझो जमिनमा यहाँका केही युवाहरू व्यवसायीक च्याउको बीउ उत्पादन गर्दै आएका छन् । पछिल्लो समय च्याउको लोकप्रियता बढ्दै जान थालेपछि उनीहरू गुणस्तरीय च्याउको बीउ उत्पादनमा लागेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ फुलबारीस्थित मझघटुवामा यहाँका केही युवा व्यवसायीहरूले च्याउ खेतीलाई प्रोत्साहन गर्नका लागि ल्यावसहितको च्याउको बीउ उत्पादन गर्दै आएका छन् । पछिल्लो समय उपभोक्ताहरू अन्य तरकारी, माछा, मासुभन्दा बढी च्याउतिर आकर्षित भएको भन्दै उनीहरूले स्वर्गद्वारी प्राविधिक परामर्श केन्द्रमार्फत गुणस्तरीय च्याउको बीउ उत्पादन गर्दै आएका हुन् ।
च्याउ खेती सञ्चालनका लागि किसानहरूले अन्यत्रबाट च्याउको बीउ खरिद गर्नुपर्ने, यातायात खर्च बढी तिर्नुपर्ने लगायतका विभिन्न पक्षहरूलाई ध्यानमा राख्दै ६७ लाख ४३ हजार ९ सय ९१ रूपैयाँ २३ पैसाको लागतमा ल्यावसहितको च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा ल्याईएका युवा व्यवसायी हेमराज बस्नेतले बताए ।
‘हामीले विशेषगरी यस क्षेत्रका क्षेत्रका किसानहरूलाई प्रत्यक्ष लाभ प्रदान गर्ने उद्देश्यले विभिन्न जातका च्याउको बीउ उत्पादनका लागि ल्याव सञ्चालन गरेका हौँ’ उनले भने– ‘किसानलाई लाभ मात्र नभई बेरोजगारीहरूलाई समेत हामीले रोजगार प्रदान गरेका छौँ ।’
यसैगरी अर्का व्यवसायी मनोज बस्नेतले ल्याव प्रयोग गरेर उत्पादन गरिएका च्याउको बीउले यहाँका किसानहरूलाई च्याउ खेती व्यवसायमा प्रोत्साहन गर्दै आएको बताउँछन् । उनले च्याउ खेती कसरी सञ्चालन गर्न सकिन्छ,

यसका प्रक्रिया, चुनौती, सावधानीलगायतका विषयमा समेत ईच्छुक किसानहरूलाई जानकारी प्रदान गर्दै आएको बताए । ‘हामी व्यवसायलाई मात्र नभई किसानहरूलाई पनि प्रेरित गर्ने उद्देश्यले यस क्षेत्रमा आएर यो व्यवसाय सञ्चालन गरेका छौँ’ उनले भने– ‘सीप सिक्नु, सिकाउनु र त्यसलाई फराकिलो बनाउँदै लैजानु हाम्रो लक्ष्य हो । ’
कृषि व्यवसाय अनुदानमार्फत प्राप्त भएको ३२ लाख ५० हजार ७ सय ९ रूपैयाँ ६२ पैसा र संस्थाको साझेदारी रकम ३४ लाख ९३ हजार २ सय ८१ रूपैयाँ ६२ पैसामा सञ्चालन भईरहेको उक्त संस्थामार्फत उक्त क्षेत्रका २ सय पुरूष र १ सय ५० महिलाहरूलाई लाभान्वित रोजगार, कृषि उत्पादनमा उत्प्रेरणा, परामर्श तथा जानकारी प्रदान गरी प्रत्यक्ष रूपमा लाभान्वित गराउन समेत सहयोग पुगेको बस्नेतले बताए ।
संयुक्त लगानीमा उत्पादन गरिएको ल्यावसहितको च्याउको बीउले यस क्षेत्रलाई प्रत्यक्ष लाभ प्रदान गर्नुको साथै जिल्ला बाहिरबाट खपत हुने बीउलाई समेत कम गर्ने लक्ष्य रहेको छ  । उक्त व्यवसायमा मनोज बस्नेत, हेमराज बस्नेत, विनिल केसी, सन्दिपन रिजाल, सचिन पौडेलको संयुक्त लगानी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here