- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरकुकुर यमराजको दूतमात्र होइन

कुकुर यमराजको दूतमात्र होइन

- Advertisement -spot_img

हाम्रो समाजमा कुकुरलाई यमदूतका रूपमा प्रत्येक वर्ष तिहार पर्वमा पूजा गर्ने, सम्मान गर्ने, मिठो खान दिने र माला लगाई दिएर सांस्कृतिक रूपले पूजा गर्ने प्रचलन छ । यमपञ्चकको दोस्रो दिन यमराजको द्वारपालका रूपमा स्वर्ग र नर्कको ढोकामा कुकुर रहने गरेको भन्ने पौराणिक कथन रहेकाले यस दिन कुकुरलाई पूजा गर्ने प्रचलन छ । तन्त्र साधनामा कुकुरलाई भयरहित भैरवका रूपमा पूजा गर्ने गरिन्छ । कुकुर पूजा ग्रिस र इजिप्टमा हिजोआज पनि रहेको छ । यो बाहेक कुकुरलाई घरमा पालेर सुरक्षाका लागि पनि मानिसहरूले मानव सभ्यतासँगसँगै कुकुरलाई घरमा पाल्दै आएका छन् ।
यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । कुकुर मानव सभ्यतादेखि नै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ । ऋगवेद अनुसार समरा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रूपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ । महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुरविना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनिधिका रूपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।
सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकुर पुगेको हो । त्यसैगरी सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरूप बनाइएको चलचित्र ‘हाछिको’ आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन् । कुकुर तिहारमा यिनै कुकुरहरूको पूजा गरिने दिन हो । तिहार पर्व मानव मात्रको पर्व नभएर यो मानव र पशुपंक्षीबीचको पारस्परिक सम्बन्ध मुखरित गर्ने महत्वपूर्ण चाडका रूपमा परिचित छ । तमसोमा ज्योतिर्गमयः को भाव उजागर गर्दै अन्धकारबाट उज्यालो जीवनमा पु¥याउने पर्व नै तिहार हो ।
तिहार सुरू भएको पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र लक्ष्मीपूजा, चौथो दिन गोवद्र्धन र म्हपूजा र पाँचौँ दिन भाइटीका लगाउने गरिन्छ । तिहारको दोस्रो दिन तथा चतुर्दशीको दिनलाई नरक चतुर्दशी भनिन्छ, यस दिन हिन्दू महिलाहरूले नजिकैको कुवा, ततलाउ, धारा या पोखरीमा गएर नर्के नुहाउने र टपरीमा दीप प्रज्ज्वलन गर्दै पूजाआजा गर्ने प्रचलन छ । बिहानै महिला÷पुरूष दुवैले सु–स्वास्थ्य र दीर्घायुका लागि शरीरमा तेल लगाएर अपामार्गको पात, डाँठ, फूल, फल, गौमुत्र मिश्रित जलले स्नान गरी शरीर चोख्याउने प्रचलन पनि रहेको छ ।
यमपञ्चकको तेस्रो दिन आमावश्या औँसीको दिन दिपावली गरी धुमधामका साथ धनधान्य र ऐश्वर्यकी देवी भगवती लक्ष्मी, कुवेर आदिको पूजा गरिन्छ । सोही दिन सबैभन्दा सोझो जनावरको प्रतिक गाईको पूजाआजा गर्ने गरिन्छ । हिन्दू परम्परामा गाईलाई गौमाता तथा लक्ष्मी भगवानको प्रतिकको रूपमा मान्ने र पूजा गर्ने प्रचलन छ । गाई तिहारको दिन बेलुकी लक्ष्मीपूजा गरेर महिला, युवती तथा बच्चाहरूले भैलो खेल्ने गर्दछन् । तिहारको चौथो दिन गोवद्र्धन तथा गोरूको पूजा गर्ने र गाउँघरतिर हलीको पनि पूजाआजा गर्ने प्रचलन छ । त्यसैले यस दिनलाई हलि तिहार अथवा गोरू तिहार भन्ने गरिन्छ । महालक्ष्मी, गणेशसहित ऐश्वर्यका देवताको पूजा गरी लक्ष्मीपूजा र झिलीमिली बत्तीको पर्वका रूपमा पनि दिपावली मनाइन्छ ।
कुकुर पाल्ने परम्परा संस्कृतीकै रूपमा विकास भए पनि मानव सभ्यतासँगै कुकुर पाल्ने प्रयोजन भने केही बदलिँदै आएको छ  । संसारलाई हेर्ने हो भने अहिले कुकुरलाई अन्तरिक्षमा पठाउने, जासुसी कार्यमा लगाउने र तालिमप्राप्त कुकुरलाई खेलकुदमा समेत सहभागी गर्ने काम धेरै देशमा हुँदै आएको छ । कुकुरमा सुँघने शक्ति अत्यधिक हुन्छ । अल्टासाउन्डसमेत पनि सुन्न सक्ने क्षमता कुकुरमा बढी हुनाले कुकुरबाट घरको सुरक्षा र अन्य काम लिन सकिएको हो । कुकुरको सुँघ्ने शक्तिमात्र होइन स्मरण शक्तिसमेत तिक्ष्ण हुन्छ । एकपटक देखेको मानिस वा अन्य–अन्य चिजलाई यसले सजिलै भुल्दैन । कुकुरको निन्द्रा पनि पातलो हुन्छ । यसकारणले पनि रातको समयमा घरपरिवारका सबै घटनाहरू पत्ता लगाई भुकेर मानिसलाई थाहा दिन्छ । कुकुर धेरै जातिका हुन्छन् । चारखुट्टे जनावर कुकुरको १८ देखि २२ वटासम्म नङ्ग्राहरू हुन्छन् । कुकुरको प्रजाति अनुसार रंग र रौं पनि फरक हुन्छ । कुकुर तीन महिनामा ब्याउने र यसले ३ देखि ८ वटासम्म छाउरा एकै पटकमा जन्माउँछ ।
संसारमा आजभोलि कुकुरकै सहयोगमा ठूला अपराधहरू पत्ता लगाउने गरिएको छ । नेपालमा प्रथम पटक २०३६ सालमा मलेसियाले उपहारस्वरूप चारवटा कुकुर सरकारलाई सुरक्षा एवम् अपराध अनुसन्धान गर्नका लागि प्रदान गरेको थियो । हाल ती कुकुरहरूको संख्या ६० को हाराहारीमा पुगेको छ । ती कुकुरलाई केन्द्रीय प्रहरी तालिम स्कुल रानीबारी काठमाडौँमा प्रशिक्षण दिने काम भैरहन्छ । प्रहरीले ति तालिम प्राप्त कुकुरहरूलाई भिआईपीहरूको सुरक्षाको लागि प्रयोग मात्र नगरी लागूऔषधि ओसार–पसारलगायत उद्धारका लागि, अपराध खोजी अनुसन्धान र हतियार तथा विष्फोटक पदार्थको अपराध अनुसन्धान गर्नमा प्रयोग गरिरहेका छन् ।
आजभोलि कुकुर सुरक्षा र ब्यक्तिगत सोखका रूपमा पनि पाल्न थालिएको छ । नेपालमा अहिलेसम्म ४५ जातिका कुकुरहरू विदेशबाट पाल्न ल्याइएका छन् । यसरी विदेशबाट ल्याइएका ठूला जातका कुकुरमा एल्सेसियन, ग्रेटडेन, जर्मन सेफर्ड, डोरम्यान, ल्याब्राडर, बक्सर, डयाल्मेसियन, बुलडग प्रजातिका छन् । यसैगरी, घरमा पालिने साना जातका कुकुरहरूमा जापानी स्पिटस्, ल्हासा आम्लोजस्ता कुकुरका प्रजातिको माग बढिरहेको छ । यसरी कुकुर काठमाडौँ, पोखरा, विराटनगरजस्ता ठूला सहरमा पालिएको छ । अहिले नेपालमा कुकुर झिकाउने केनल क्लव ब्यवसायी रूपमा अगाडि बढेको ।
घरमा पालिने उन्नत जातका कुकुरहरू केनल क्लवबाट नै भारतलगायत तेस्रो देशबाट आयात गरिन्छ, भने कतिपयले आफै विदेशबाट आउँदा पनि ल्याउने गरेका छन् । संसारमा कुकुरका जातिअनुसार मानिसले पकेटमा राख्न सकिनेदेखि लिएर ठूला साइजमा समेत कुकुर पाइएको छ । अहिलेसम्म गिनिज बुकमा नाम लेख्न सफल भएको कुकुर अमेरिकामा छ । अमेरिकाको मिचिगनास्थित डेनिज डुर्गालले पालेको गे्रडडेन जियस नामको त्यो कुकुर ७ फिट र ४ इन्च अग्लो छ । तीन वर्ष उमेरको त्यो कुकुर विश्वकै हालसम्म अग्लो कुकुर मानिन्छ । यसको लम्बाई २.२ मिटर छ ।
कुकुरका सौखिनहरूले बजारमा विभिन्न जातका कुकुरहरू पाउन थालेपछि कुकुरको मूल्य पनि आकासिएको छ । चीनको सान्सी प्रान्तकी एक महिलाले तिब्बती प्रजातिको याङजेनदी नम्बर दुई नामको कुकुरलाई उनले ४ करोड ५१ लखमा किनेर विश्वकै हालसम्मको महंगो कुकुरलाई मूल्य कायम राख्न सफल भएकी छिन । कुकुर पाल्ने मात्र होइन कुकुर पाल्नेहरूमा कुकुरप्रति माया पनि बढ्न थालेको छ । अमेरिकामा एक जोडीले आफूले पालेको कुकुरको मुत्युको पीडा सहन नसकी २ करोड रकम खर्च गरेर कुकुरको क्लोन गराएका छन् । क्लोन गराउनु भनेको नयाँ कुकुर जन्माएर सबै गुण एवम् हाउभाउ मृत्यु भएको कुकुर बनाउनु हो । यस्तो चिकित्सा प्रविधिलाई क्लोन प्रविधि भनिन्छ । यसरी तयार पारीको कुकुरको नाम लालसेन इनकोर राखिएको छ । यो कुकुर संसारकै व्यवसायिक क्लोन प्रविधिको कुकुर मानिन्छ ।
नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मंगोलियामा पाईने कुकुरको जातिमा ठूलो टाउको र अजङको जीउ हुने यो रिसाहा र आक्रामक स्वभावको कुकुर हो । कुकुर अति इमानदार र बफादार स्वभावको हुने भएकाले भोटे कुकुर विश्वमै विशिष्ट ठहरिएको छ । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक रहेको छ । तर माग अनुसार पूर्ति भने हुन सकिरहेको छैन । नेपाल बाहिर एउटै छाउरा–छाउरीको कम्तीमा पनि १ हजार २ सय अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम मूल्य १५ लाख अमेरिकी डलरसम्म रहेको छ ।
शौख र सुरक्षा दुबै उद्देश्यले पालिने कुकुरको व्यापार पनि अब सानो अंकमा सीमित रहेन । कुकुर र यसले खाने दानाका लागि विदेशी बजारमा निर्भर रहनु परे पनि शौखका कारण बजार निकै बढेको छ । कुकुरलाई परिवारका सदस्य जस्तै ठानेर पाल्ने पश्चिमा संस्कृतिले हुनेखाने वर्गमा निकै खर्च बढ्न थालेको छ । एक वर्षको अवधिमा काठमाडौँमा मात्रै २५ करोड रूपैयाँ बराबरको कुकुर तथा कुकुरसँग सम्बन्धित सामानको व्यापार हुने गरेको छ । यो तथ्याङ्क हरेक वर्ष तिब्र गतिमा उकालो लाग्दै छ ।
राजधानीमा खुलेका केनल क्लव संख्याले पनि कुकुरको व्यापार बढाएको छ । अहिले काठमाडौँमा रहेका ४० भन्दा धेरै केनल क्लवमार्फत कुकुरको व्यापार हुँदै आएको छ । यी केनल क्लवमार्फत करिब ५० जातका स्वदेशी तथा विदेशी कुकुरको व्यापार हुने गरेको छ । अहिले एउटा केनल क्लवले मात्रै वार्षिक एक सयवटा भन्दा धेरै कुकुरको व्यापार गर्न थालेका छन् । अहिलेसम्म कुकुरको किनबेच राजधानी केन्द्रित छ । नेपालमा व्यापार हुने मध्ये सबैभन्दा महंगो कुकुर एक लाख ५० हजार रूपैयाँसम्मको रहेको छ । उनका अनुसार बुल डग जातको यो कुकुर नेपालमा व्यापार हुनेमध्येको अहिलेसम्म कै महङ्गो हो ।
हामी प्रकृतिको पुजारी हौँ । त्यसैले हामी हिन्दू धर्मप्रति आस्था गर्ने सबैले प्रकृति र जनावरलाई पुज्ने गर्दछाँै । घरपालुवा कुकुर मात्र होइन धेरै कुराहरू मानिसहरूले भन्दा जनावरहरूले चाडै थाहा पाउँछन् । जनावरको यो थाहा हुने शैलीलाई विज्ञानले भने मान्यता दिएको छैन । तर पनि धेरै देशका मानिसहरूले जनावरको चाललाई भूकम्प आउने समयलाई मान्ने गरेको पाइन्छ । पशुपंक्षीले भूकम्पको पूर्वसंकेत गर्छन् भन्ने विश्वास शताब्दीऔं पुरानो हो । यद्यपि कस्तो महसुस गर्छन्न् भन्नेचाहिँ अझै पत्ता लागेको छैन । विशेषज्ञहरूका अनुसार पशुपंक्षीमा मानिसमा भन्दा धेरै गुणा बढी श्रवण क्षमता हुन्छ । उदाहरणका लागि गाउँघरमा पाइने गोठे लाटोकोसेरोमा मानिसको भन्दा १० गुणा बढी श्रवण क्षमता हुन्छ । मानिसका कानले सुन्नै नसक्ने आवाज पनि तिनले चर्कोसँग सुन्न सक्दछन् । त्यस्ता जनावर र चराले धेरै टाढाका सूक्ष्म आवाज पनि अग्रीम सुन्ने हुनाले पूर्वसंकेत पाउँछन् । भूकम्प पृथ्वीको सतहमा आइपुग्नुअघि जमिनमुनिका ढुङ्गा र चट्टानहरू टुक्रिएको र भासिएको आवाज तिनले सुन्ने हुनाले नै तिनलाई पूर्वानुमान गर्न सजिलो हुन्छ ।
हात्तीले अघिपछि भन्दा खुट्टा धेरै फट्टाएको हुन्छ । जमिन हल्लिनु पाँच मिनेट अगाडि त सुँडको सहायताले जमिनमा टाँसिएर बस्न खोज्दछ । सामान्य अवस्थामा हात्ती कहिल्यै त्यसरी बस्दैनन् । त्यसरी नै बाघ, चितुवा, सिंहजस्ता ठूला जनावर आत्तिने गर्दछन् । भूकम्प आउने समयमा जलचरले समेत फरक व्यवहार देखाउँछन् । सर्प र मुसा दुला बाहिर निस्किन्छन् । खरायो, दुम्सीलगायत जनावरहरू दुला खन्ने गर्दछन् । भूकम्प आउने समयमा चराहरूको व्यवहार पनि फरक हुन्छ । अचम्मको आवाज निकालेर कराउने, धसारिनेसमेत गर्दछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here