Saturday, March 23, 2024
Homeफिचरबजारमा छ्याप्छ्याप्ती म्याद गएका सामान

बजारमा छ्याप्छ्याप्ती म्याद गएका सामान

- Advertisement -spot_img

तुलसीपुर, ९ कार्तिक । तिहार नजिकिदै गर्दा बजारमा म्याद गुज्रिएका सामानहरु छ्याप्छ्याप्ती भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिकाले गरेको बजार अनुगमन यस्तो अवस्था देखिएको छ । तिहारलाई मध्यनजर गरेर अनुगमन बढाएको उपमहाहनगरको उपभोक्ता शाखाले जनाएको छ ।
शुक्रबार तुलसीपुर उपमहानगरपालिका–१८ र १९को विजौरी बजारमा गरिएको अनुगमनका क्रममा छ्याप्छ्याप्ती म्याद गएर, प्रयोग गर्न नमिल्ने सामानहरु बरामद गरिएको छ ।
विभिन्न पसलहरुमा म्याद गएका घ्यू, तेल, पेयपदार्थ म्याद गएको तर बेचिरहेका अवस्थामा अनुगमन समितिले फेला पारी जफत गरेको छ । अधिकांस पसलहरुमा मूल्यसूचिसमेत नराखिएको, मनमर्जी मूल्य लिने गरेको पाइएको छ ।
कतिपय खाद्य वस्तुहरुमा लेवल नगाइएको समेत पाइएको अनुगमन टोलीका संयोजक तथा उपमहानगरको उपभोक्ता शाखाका प्रमुख रेवा रावतले बताइन् ।
उनले बिजौरी क्षेत्रमा रहेका डेरी, खाद्यान्न पसल, मासु पसल, मदिरा पसल, सुन पसल, च्याउमिल उद्योग किराना पसल, ग्याँस पसल, होटेलहरुको अनुगमन गरिएको थियो । अभिकांश पसलहरु दर्तामा समेत नगएको अनुगमनको क्रममा पाइएको थियो ।
चाडपर्वमा हुने मूल्य वृद्धि हुनसक्ने मिसावट तथा खाद्यवस्तु बिक्री वितरणलाई निरुत्साहित गर्नका लागि बजार अनुगमनलाई तिव्र पारिएको शाखाले बताएको छ । स्थानीय सरकारमा बजार अनुगमन गर्ने अधिकार आएसँगै उपमहानगरपालिकाले उपभोक्ता हकहित संरक्षण शाखाले अहिले अनुगमन दैनिकजसो गरिरहेको शाखाका अधिकृत रेवा रावतले बताइन् ।
अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको, मूल्यसूचि टाँस नगरेको, साईनबोर्ड नराखेको एक पसलमा धेरै प्रकारका सामान बिक्री वितरण गर्ने गरेको लगायतका पाइएको थियो ।
अनुगमनका क्रममा दुईवटा पसलमा म्याद नाघेका घ्यू र पेयपदार्थ पाइएको हुँदा त्यसलाई बरामद गरिएको शाखा अधिकृत रावतले बताइन् । नियम विपरीत जानेहरुलाई कारवाही गर्ने उनले बताइन् ।
रावतको नेतृत्वमा गएको अनुगमन टोलीमा वडा नम्वर १८ का अध्यक्ष माधव वली, १९ का अध्यक्ष रामबहादुर योगी, ईलाका प्रशासन कार्यालयका यादव भुसाल, ईलाका प्रहरी कार्यालयका लान्ता प्रसाद चौधरी, उपमहानगरको पशु सेवा शाखा प्रमुख निमकुमार आचार्य, कृषि शाखा प्रमुख कुलराज दहित, उद्योग प्रवद्र्धन शाखाका सुनिता पाण्डे, उपभोक्ता मञ्चका केशव कुमार शर्मा, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली, विमल गौतमलगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here