- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरपरदेशबाट बहिनीलाई चिठी ...

परदेशबाट बहिनीलाई चिठी …

- Advertisement -spot_img

दीपा धिताल

मेरी प्यारी बहिनी के छ तिम्रो, गाउँको अनि बा आमाको खबर सञ्चै त छौँ होला हैन ? हेर न तिम्रो दाजु आउँछु, आउँछु भन्दाभन्दै आउन नै नपाई भाका सारेको सा¥यै छ ।
दसैँमा आमा अगेनोमा बसेर छोरालाई टीका लगाउन नपाउँदा कति न्यास्रो मानेर मुटुमा गाठो पारेर आशैमा बसिन् होली । बाबा पिढीमा बसेर चाउरिएका गालाहरू मुसार्दै आफ्नो विगत, वर्तमान र भविष्य सम्झिएर सन्तानप्रतिको एक सर्को मायामा कति छछल्किए होलान्  ।
सानोमा बाआमाले दसैँमा टीका लगाउँदा छोरा धेरै पढ्नु, ठूलो मान्छे बन्नु, धनसम्पत्ति कमाएर हामीलाई सुखी हैन खुसी दिनु भन्दै दिएका आशिषहरू सम्झदैछु बैनी ! पिठ्युँमा त्यहीँ एकझोला आशीर्वाद बोकेर परदेश पसेपछि बल्ल बुझ्दैछु गरिब हुनुको पीडा ।
मेरी प्यारी बहिनी ! चरा चौपायाले बाँस पाएको त्यो घरमा मैले आफ्नै घरमा पनि बाँस पाइन । किनिदिनु थियो आमालाई एकसरो धोती, किनिदिनु थियो बालाई एउटा टोपी यही झिनो आशा पालेर अझै पनि यो कालो भरभूमिमा बाँचेको छु बहिनी ।
सीसा झै टुक्राटुक्रा भएका सपनाहरू जोड्न, झुप्रो घर छाउने आशा बोकेर म परदेश पसेको कुरा त तिमीलाई थाहा छ नै । हामी गरिबीको दलदलमा फसेपनि आफ्नो भोको पेटमा जिन्दगीको पहाड बाट खसेका पसिना अनि जिन्दगीकै खल्ती बेचेर बा, आमाले आफ्नो सपना र हाम्रो भविष्यका लागि गरेको बलिदानको मूल्य तिरूला, हामी बस्ने एउटा सानो सपनाको घर बनाउँला, बा, आमालाई सुख दिन नसकेनि खुसी दिउँला भन्ने सपनाहरू बोकेर म परदेश पसे ।

अरूका निधार रङ्गीएको देख्दा तिम्रो मन कति अमिलो होला हैँ ? केही पीर नगर्नु बहिनी कतिपय रङ्गीएका निधारहरू पनि पिरमा हुन्छन् । हाम्रो निधार नरङ्गीए पनि हामी खुसी हुनुपर्छ । गरिबीलाई के दसै, के तिहार ? सधैं त उस्तै हो कुनै समय हाम्रो पनि दिन आउला नि बहिनी ! म अर्को बर्ष परदेशबाट घर फर्कदा कोसेलीमा तिमीलाई फूल लिएर आउनेछु ।


परदेशमा हामीले सोचेको जस्तो सपनाको घर बन्दो रहेनछ बहिनी ! हाम्रो खुसीहरू पनि भेटिदो रहेनछ यहाँ । आखिर गरिबीलाई गरिबीले नै थिच्दो रहेछ । परदेशमा सुन किन्न गएको छोरो अब नुन बोकेर भएपनि फर्किने सोच बनाउँदै छु बहिनी ।
मेरी प्यारी बहिनी तिमी त बा, आमाको साथैमा छ्याँै । सुख नपाए पनि बा, आमाको माया त पाएकी छ्यौँ नि ! बुढा बा, आमालाई झन–झन बुढेसकालले छोप्दैछ । हामीलाई जन्माउँदा पाठेघरमा क्यान्सर बोकेर बसेकी मेरी आमा, मुटु रोगले थला परेका मेरा बा अहिले झन त्यसैमा म छोराको पीडाले कति गलेका होलान् राम्ररी सम्झाउनु बहिनी ! म मेरो पीडा, मेरो आँसु नसुनाइदिनु, बा आमालाई ।
मेरी प्यारी बहिनी तिहार पनि आइसक्यो है ! अब यतिबेला त गाउँघरतिरका करेसाबारी ढकमक्क भएका होलान् सयपत्री, जाइजुही, बेली चमेली र सुपारे फूलले । ति फूलले पनि मजस्तै परदेसिएका दाजुभाइको प्रतिक्षामा स्वागतको लागि मौनता साँधेर पर्खिरहेका होलान् है बहिनी
? चाडवाडको यस पावन अवसरमा तिम्रो मोहोडा मेरो स्मृति पटलमा मानचित्र झैँ बरालिईरहदा परदेशको यो बेस्वादिलो कृत्रिम सहरभित्र मैले मेरो मनको बलेसीभित्र तिम्रो न्यानो मायाको आशीर्वाद पर्खिरहेको छु । मेरी प्यारी बहिनी, तिम्रो अभागी दाजु आउने आसामा आँगनीको डिलमा फुलेका मखमली र सयपत्री हेर्दै बसेकी हौली ।
मेरो निधारमा सातधर्के टिकाले तिम्रो स्मृति नझल्काएको बर्षौ भो यसपालि नि यस्तै भयो तिम्रो अभागी दाजु यो तिहारमा पनि फर्केर आउन सकेन । अरूका निधार रङ्गीएको देख्दा तिम्रो मन कति अमिलो होला हैँ ? केही पीर नगर्नु बहिनी कतिपय रङ्गीएका निधारहरू पनि पिरमा हुन्छन् ।
हाम्रो निधार नरङ्गीए पनि हामी खुसी हुनुपर्छ । गरिबीलाई के दसै, के तिहार ? सधैं त उस्तै हो कुनै समय हाम्रो पनि दिन आउला नि बहिनी ! म अर्को बर्ष परदेशबाट घर फर्कदा कोसेलीमा तिमीलाई फूल लिएर आउनेछु ।
उहीँ तिम्रो दाजु …!

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here