Thursday, March 28, 2024
Homeफिचरएन प्याब्सनको देउखुरीमा समिति

एन प्याब्सनको देउखुरीमा समिति

- Advertisement -spot_img

लमही, ९ कार्तिक । एन प्याव्सन दाङको पालिकास्तरीय समिति गठन देउखुरीमा सम्पन्न भएको छ । देउखुरीमा रहेका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा शुक्रबार समिति गठन गरिएको हो । भेलाले लमहीको संयोजकमा कृष्णप्रसाद गैरे र सह–संयोजकमा भक्तकुमार खनाललाई चयन भएका छन् ।
त्यस्तै राप्ती गाउँपालिकाको संयोजकमा विक्रान्त ज्ञवाली र सह–संयोजकमा गिरिराज पौडेल, गढवा गाउँपालिकाको संयोजकमा निर्मल रावत र सह–संयोजकमा हरि कुमार यादव चयन भएका छन् । त्यस्तै गरी राजपुर गाउँपालिकाको संयोजकमा शरद बुढाथोकीलाई चयन गरेको छ ।
एन प्याब्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षता प्रदेश नम्वर ५ का संयोजक सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य नरेश आचार्य र टोपेन्द्र खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । भेलामा एन प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने, उपाध्यक्ष भूमाण्डव केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here