- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरसाक्षी सहकारीको साधारणसभा तथा अधिवेशन

साक्षी सहकारीको साधारणसभा तथा अधिवेशन

- Advertisement -spot_img

विजौरी, ९ कातिक । बिजौरीमा रहेको साक्षी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः दामोदर बस्नेत ‘राकेश’ चयन भएका छन् । संस्थाको शुक्रबार भएको साधारणसभा तथा अधिबेशनबाट बस्नेतको अध्यक्षतामा सात सदस्यीय समिति चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा सोमराज बुढाथोकी, सचिवमा राजन लामिछाने, कोषाध्यक्षमा रविन्द्र केसी चयन भएका छन् । संस्थाको सदस्यहरूमा यज्ञबहादुर पुन, भागवता उपाध्याय र मानध्वज बुढाथोकी चयन भएका छन् ।
त्यस्तै संस्थाको लेखा समिति संयोजकमा शरण जिएम चयन भएका छन् । अधिवेशनले जिएमको संयोजकत्वमा तीन सदस्यीय लेखासमिति गठन गरिएको हो । समितिको सदस्यहरूमा बाबुराम रेग्मी र मालता केसी चयन भएका छन् ।
यसैबीच संस्थाको तेस्रो साधारणसभा तथा प्रथम अधिवेशन शुक्रबार बिजौरीमा भएको छ । साक्षी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दामोदर बस्नेत ‘राकेश’को अध्यक्षता तथा जिल्ला सहकारी संघ दाङका अध्यक्ष रूपबहादुर खत्रीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका–१८ का अध्यक्ष माधव वलीको विशिष्ठ आतिथ्यतामा साधारणसभा तथा अधिवेशन भएको हो ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि खत्रीले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । जिल्लामा धेरै सहकारी भएपनि आर्थिक समृद्धिको सवालमा केही समस्या देखिएको भन्दै उद्देश्य र कार्ययोजना मिल्ने सहकारीहरूलाई मर्ज गर्न पनि आवश्यकसमेत रहेको बताए ।
साधारणसभामा तुलसीपुर उपमहानगरपालिका–१८ का अध्यक्ष वलीले सहकारीलाई सहकारीको अवधारणालाई शेयर सदस्यहरूको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए । उनले सहकारीहरू आर्थिक समृद्धिको आधार रहेको भन्दै सामाजिक अभियानमा पनि सहकारीहरू जोडिनुपर्ने बताए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका–१९का अध्यक्ष रामबहादुर योगी र विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले जिल्लामा सहकारीताका नाममा सञ्चालन भएका धेरै संस्था धरासायी भएको बताउँदै आर्थिक पारदर्शीताका पक्षमा गम्भीर बन्न सुझाव दिए ।
शुभकोटी कृषि सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर बस्नेत, गणेशगंगा कृषि सहकारी संस्थाका अध्यक्ष मनबहादुर बुढाथोकीलगायतले सहकारीले खेलेको भूमिका प्रशंसनीय भएको भन्दै अझै समाजप्रति उत्तरदायी हुन आग्रह गरे ।
साधारणसभामा लेखा संयोजक शरण जिएमले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव राजन लामिछानेले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा अध्यक्ष बस्नेतले सहकारीत्वको भावनालाई आत्मसात गर्न शेयर सदस्यको अहम् भूमिका रहेको भन्दै आर्थिक समृद्धिका सवालमा सहकारी संस्थालाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
यसैबीच कार्यक्रममा सहकारीका असल बचतकर्ताका रूपमा विनिता बुढाथोकी तथा असल ऋणीका रूपमा विष्णु महरालाई सम्मान गरिएको थियो । त्यसैगरी बन्दसत्रले लेखा प्रतिवेदन र वार्षिक प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारीत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here