- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरसमाजवादी पार्टीको उम्मेदवार तय

समाजवादी पार्टीको उम्मेदवार तय

- Advertisement -spot_img

तुलसीपुर, ९ कार्तिक । दाङको निर्वाचन क्षेत्र नम्बर ३ को (२) का लागि समाजवादी नेपाल पार्टीले उम्मेदवार छनौट गरेको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा प्रदेशसभा सदस्य पदका लागि पार्टीले उम्मेदवार छनौट गरेको हो ।
पार्टीको शुक्रबार बसेको बैठकले क्षेत्र नम्बर ३ को (२) मा प्रदेशसभा सदस्य उम्मेदवारमा डिल्लीबहादुर डाँगीलाई सर्वसम्मत छनौट गरेको हो । पार्टीका अध्यक्ष होमराज शर्माको अध्यक्षमा बसेको बैठकले उपनिर्वाचनमा मत आफ्नो पक्षमा पार्नका लागि प्रचारप्रसार अभियानलाई तिब्र बनाउने भएको छ  ।
प्रचारप्रसार अभियानका लागि कार्तिक १७ गते बृहत बैठक बस्ने, प्रचारप्रसार समिति निर्माण गर्ने, आफ्ना चुनाव चिन्ह जनतामाझ लैजाने निर्णय गरेको पार्टीका प्रदेश सदस्य टोपबहादुर महतराले जानकारी दिए ।
पार्टीमा आफ्नो उम्मेदवारको पक्षमा नागरिकको मत पार्नका लागि नेतृत्वदेखि कार्यकर्ता सक्रियरूपमा बढनुपर्ने बैठकले निष्कर्ष निकालेको छ । बैठकले समाजवादी नेपाल पार्टीलाई विश्वास बढ्दै गएको अवस्थामा पार्टीले चुनावी गतिविधि सक्रिय बनाउने भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here