Tuesday, April 16, 2024
Homeफिचरसंरचना भत्किए, व्यवस्थापन भएन

संरचना भत्किए, व्यवस्थापन भएन

- Advertisement -spot_img

तुलसीपुर, ७ कार्तिक । तुलसीपुर बजारको पिपल बोटदेखि बसपार्कसम्मको सडक । जहाँ दैनिक सयौँको संख्यामा सवारी साधनहरू ओहरदोहर गर्छन् भने हजारौँ नागरिक आवज–जावत गर्ने गरेका छन् ।
बजारकै निकै व्यस्त रहने ठाउँमा सडक फराकिलो बनाउन तुलसीपुर उपमहानगरपालिकाले छ महिनाअघि अतिक्रमण गरी बनाइएका संरचना हटाउन लगायो ।
उपमहानगरपालिकाको निर्देशनपछि स्थानीयले बनाएका भौतिक संरचना हटाए तर फराकिलो बनाउन भौतिक संरचना भत्काएको लामो समय हुँदा पनि व्यवस्थापन हुन सकेको छैन् ।
भत्किएका संरचनाबाट निस्किएका सामग्री अझैसम्म व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । संरचना भत्काए पनि अहिलेसम्म सफा नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय व्यवसायी नन्दलाल भण्डारीले बताए ।

‘गल्ती सडक डिभिजनले गर्ने जनताको गाली खाने हामी भएका छौँ, सडक डिभिजनलाई फेरि पनि ताकेता गरी तत्काल त्यस ठाउँ व्यवस्थित हुन्छ अब ।’
तुलसीपुर उपमहानगर


‘उपमहानगरले गरेको निर्देशनलाई पालन गरी तत्काल संरचना हटाइयो तर अहिलेसम्म उपमहानगरपालिले भत्काएका ठाउँलाई व्यवस्थित बनाउन सकेको छैन्’ उनले भने–‘संरचना भत्केपछि अहिले धुलोले सताउने गरेको छ ।’ भत्काइएका संरचनाका सामग्री यत्रतत्र हुँदा बजार झन कुरूप बनेको छ भने ति ठाउँमा फुटपाथको व्यवसाय मौलाएको छ ।
उपमहानगरपालिले सडक फराकिलो बनाउने भन्दै बनाएको संरचना भत्काउन भनेपछि २३ जेठमा नै संरचना भत्काएको व्यवसायी कमल बस्नेतले बताए । ‘खै ६/६ महिना भैसक्यो, केही व्यवस्थापन भएन’, उनले भने ‘कहिले व्यवस्थित होला त हामी पनि पखाईमा छौँ ।’
उपहानगरले संरचना हटाउन लगाएपछि व्यापार व्यवसाय नै धरापमा परेको उनले गुनासो गरे । ‘कमसे कम मर्मत गर्न थालेपछि हामीलाई संरचना हटाउन लगाएको भए हामीहरूले विकल्प निकाल्थ्यौँ’, उनले भने–‘त्यतिबेलै सबै संरचना तयार बनाउने भनेर हामीलाई संरचना भत्काउन लगाइयो, खै अहिलेसम्म मर्मत भएन् त ?’

हामीले गर्ने भनेको सडक मर्मत हो तर भत्काएका संरचना हटाउने सबै जिम्मा उपमहानगरपालिकाको नै हो’
सडक डिभिजन


जिम्मेवारी विवाद ?

भत्काएका सामग्री कसले हटाउने भन्ने सडक डिभिजन कार्यालय र उपमहानगरबीच नै विवाद देखिएको छ । दाङ–सुर्खेत सडकखण्डबीच नै पर्ने पिपलबोट–नयाँ बसपार्क सडक फराकिलो बनाउन सडक डिभिजन कार्यालयले उपमहानगरलाई अनुरोध गरेपछि उपमहानगरले गत जेठमा भत्काउने काममात्र गरेको तर त्यसको मर्मत, व्यवस्थापन गर्ने जिम्मा सडक डिभिजन कार्यालयको नै भएको तुलसीपुर उपमहानगरका प्रवक्ता सूर्यबहादुर डाँगीले बताए ।
‘सडक डिभिजनले त्यो ठाउँमा दुई लेन बनाउने गरी संरचना हटाउन लगायो, हामीले पनि उपमहानगरपालिकाको जग्गा अतिक्रमण गरेर बनाएका संचरना हटाउन लगायौँ’ उनले भने– ‘खै किन हो अहिलेसम्म व्यवस्थापन भएन, हामीकहाँ गुनासो पनि आइरहेको छ ।’ भत्काएका संरचनाले सडक जोखिम बन्दै गएको अवस्थामा उक्त ठाउँलाई व्यवस्थित बनाउन सडक डिभिजनलाई ताकेता गरिरहेको उनले बताए ।
‘सडक डिभिजनलाई तत्काल बनाउन ताकेता गरिरहेका छौँ, अब हामीसँग त बजेट पनि पर्याप्त हुँदैन्’ उनले भने– ‘गल्ती सडक डिभिजनले गर्ने जनताको गाली खाने हामी भएका छौँ, सडक डिभिजनलाई फेरि पनि ताकेता गरी तत्काल त्यस ठाउँ व्यवस्थित हुन्छ अब ।’
सडक फराकिलो बनाउनका लागि पिपलबोटदेखि नयाँ बसपार्कसम्म १७ वटा पक्की घर भत्काइएको थियो । भत्काइएका सामग्री उपमहानगरपालिकाले नै व्यवस्थापन गर्ने सडक डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी क्षितिज पोख्रेलले बताइन् ।
‘हामीले गर्ने भनेको सडक मर्मत हो तर भत्काएका संरचना हटाउने सबै जिम्मा उपमहानगरपालिकाको नै हो’ उनले भनिन्– ‘अहिले मर्मतको काम पनि तत्काल हुँदैन् होला ।
सूचना अधिकारी पोख्रेलका अनुसार तिहारपछि नै टेण्डर आह्वान हुनेछ ।’ ‘तिहारपछि टेण्डर आह्वान गर्नेछौँ, त्यसपछि मात्रै काम अघि बढ्ने हो’ उनले भनिन्– ‘तत्काल मर्मत हुने सम्भावना छैन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here