- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरतुलसीपुरका डेरी अनुगमन

तुलसीपुरका डेरी अनुगमन

- Advertisement -spot_img

छैन मूल्यसूचि
तुलसीपुर, ८ कार्तिक । तुलसीपुरमा रहेको डेरी उद्योग तथा बेकरी उद्योगको अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा बिहीबार यस क्षेत्रमा डेरी उद्योगहरूमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा डेरी उद्योगहरूमा विभिन्न कमजोरीहरू भेटिएका थिए भने सबै डेरी उद्योगले मूल्यसूचिको व्यवस्थान गरी सामान बेचिरहेको पाइएको थियो । डेरीहरूले सञ्चालन अनुमति, उत्पादन अनुमति नलिएको, बोर्ड नराखेको, उत्पादित सामग्रीमा लेबल, मूल्यसूचि नटाँसेको र कागजपत्र समेत नवीकरण नगरेको पाइएको थियो ।
बेकरी उद्योगमा पनि आवश्यक सरसफाई नभएको पाइएको थियो । अन्य क्षेत्रको अनुगमन गरिरहेका शाखाले चाडपर्वलाई पनि केन्द्रित गरी डेरी उद्योगहरूमा अनुगमन गरेको हो । पछिल्लो समय तुलसीपुरमा अनुगमनलाई तिव्रता दिइएको छ ।
अनुगमनको क्रममा डेरीहरूबाट म्याद गएका सामग्री पेयपदार्थ दही भेटिएको थियो । कति डेरीहरू नमुनाको रूपमा रहेको समेत भेटिएको नगरको उपभोक्ता शाखा प्रमुख रेवा रावतले बताइन् ।
म्याद गुज्रिएका सामग्री, मूल्यसूचि नै नराखेको, चाउचाउ, फ्रुटी, बिस्कुट, दैनिक उपभोग्य सामग्री म्याद गएका भेटिएपछि ति सामग्रीहरू जफत गरी नष्ट पनि गरिएको छ ।
मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई उपभोक्ता हित संरक्षण शाखाबाट अनुगमनका लागि खटिएको टोलीले आगामी दिनमा यस्ता वस्तु नराख्न सुझाव दियो र अटेरी गरे तत्काल कारवाही गर्ने चेतावनी लिएको प्रमुख रावतले बताइन् ।
बिहीबार नै केही मासु पसलमा पनि अनुगमन गरिएको र विगतको निर्देशन नमानेकाहरूलाई कारवाहीसमेत गरिएको थियो । अनुगमन निरन्तरता हुन नसक्दा मापदण्डविपरीत सञ्चालनमा आएका व्यवसायी कानुनको दायरामा आउन सकेका छैनन् । बिहीबार सरोकारवालाहरूको सहभागितामा अनुगमन गरिएको हो ।
प्रहरी, प्रशासन, वाणिज्य संघ उपभोक्ता अधिकारकर्मी, जनप्रतिनिधि, पत्रकारको प्रतिनिधिमूलक सहभागितामा अनुगमन गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here