- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयफूलको व्यवसायीक सम्भावना

फूलको व्यवसायीक सम्भावना

- Advertisement -spot_img

दाङमा पछिल्लो समय फूलखेतीमा युवाहरूको आकर्षण बढ्दै जान थालेको छ । विशेषगरी चाडपर्वलाई लक्षित गरी व्यवसायीक रूपमा फूलखेती गर्ने र फूललाई व्यवसायीक बनाउने प्रयासहरू भइरहेका छन् ।
सानो मेहनत र सानो लागनीबाट पनि मनग्य आम्दानी गर्न सकिने भएपछि दाङसहित विभिन्न जिल्लामा फूलखेती गर्ने किसानहरू बढ्दै जानु किसान र फूलमा परनिर्भर भइरहेको नेपालका लागि राम्रो हो ।
अहिले जिल्लाका विभिन्न स्थानमा गरिएको पूmलखेतीले युवाहरूलाई आम्दानी गर्ने राम्रो स्रोत बनेको छ । विदेशी फूलले बर्चश्व जमाइरहेको समयमा जिल्लामा पुष्पखेती बढ्दै जान थालेपछि अहिले भारतीय आयातित फूलमा कमी आउने विश्वास गरिएको छ ।
पछिल्लो समय एकल तथा सामूहिक रूपमा गरिएको पुष्पखेतीले पनि फूलखेतीमा सम्भावना देखिएको छ । विषेशगरी दिपावलीमा बढी खपत हुने सयपत्री फूल जिल्लालाई मात्र नभई जिल्ला बाहिरको पनि मागलाई पूर्ति गर्ने विश्वास गरिएको छ ।
तुलसीपुर, घोराही र देउखुरीका विभिन्न स्थानमा गरिएको फूलखेतीले जिल्लालाई आत्मनिर्भर बनाउने प्रयास गरेको छ । दाङमा कति हेक्टर क्षेत्रफलमा पूmलखेती गरिएको छ भन्ने एकीन तथ्याङ्क नभए पनि बिगतको तुलनामा पुष्पखेती गर्नेहरूको संख्या भने बढेको देखिन्छ ।
कुनै समय थोरै–थोरै मात्रमा घरमा खेती गर्ने गरिए पनि पछिल्लो समय व्यवसायीक रूपमा नै पुष्पखेतीलाई व्यववसायीक बनाइनु राम्रो हो ।
व्यवसायीक बन्दै गएको पुष्पखेतीको बजारीकरणमा पनि खासै समस्या छैन् । स्वदेशमा भएको उत्पादनलाई प्रवद्र्धनका लागि सहयोग पु¥याउन सरकारदेखि नागरिकको दायित्व पनि हो ।
नागरिकले भारतीय रबरका फूल बहिष्कार गर्ने र सरकारले पनि ति फूलहरूको निरूत्साहित गर्ने गरी स्वदेशी उत्पादन बढाउन फूलखेती गर्ने युवाहरूलाई प्रोत्साहनका कार्यक्रम ल्याउन जरूरी छ ।
फूलखेतीको व्यवसायीकता बढ्दै गएपछि रोजगारीका विदेश नै जानुपर्छ भन्ने कुरा गलत साबित हुने देखिन्छ । युवाहरूमा देखिएको व्यवसायी चाहना र इच्छाले स्वरोजगारको पनि वातावरण बनाई नै रहेको छ ।
दाङमा अहिले पनि फूलखेतीबाट राम्रो आम्दानी भएको छ । भने जिल्लाबासीले जिल्लामै उत्पादन भएको फूलको प्रयोग गर्ने अवसर पाइरहेका छन् ।
फूलखेतीमा सम्भावना दाङमा प्रसस्त छ भन्ने व्यवसायीक फूलखेतीका केही उदाहरणले प्रष्ट देखाएको छ । चाडपर्वलाई मात्र लक्षितभन्दा पनि जुनकुनै समयमा पनि जिल्लामा पूmलखेती गर्न आवश्यक छ ।
कुनैपनि कार्यक्रममा पनि खादाको साटो मालाको प्रयोग गर्न सकियो भनेपनि फूलखेतीको व्यवसाय फष्टाउने देखिन्छ । बजारमा भित्रिने विदेशी फूल र रबरका मालालाई विस्थापित गर्न फूलखेती पर्याप्त हुन आवश्यक छ । यसतर्फ राज्यले पनि व्यवसाय गर्नेहरूलाई प्रोत्साहन गर्न सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here